’हाउ फन्नी’ प्रिमियर शो, चर्चामा नायिका प्रियंका कार्कीको पहिरन

९ बैशाख २०७३, बिहीबार २१:१३ मा प्रकाशित

काठमाडौँ । प्रदर्शनको दुई दिन पहिले फिल्म ’हाउ फन्नी’ले प्रिमियर शो गरेको छ । राजधानीको कुमारी हलमा बुधबार गरिएको प्रिमियरमा फेसन चर्चामा रह्यो ।

शुक्रबारदेखि प्रदर्शनमा आउने हाउ फन्नीको प्रिमियरमा विशेष गरेर नायिका प्रियंका कार्कीको पहिरनले सबैको नजर कब्जा गर्यो । उक्त शोमा पूर्व मिस नेपाल जेनिशा मोक्तान, हास्य कलाकार दीपकराज गिरी र दिपाश्री निरौला, साहाना बज्राचार्य, नायिका ऋचा शर्मा लगायतको उपस्थिती रहेको थियो ।

शुक्रबारदेखि रिलिज हुने ’हाउ फन्नी’ को प्रिमियर शोमा फिल्मका अभिनेता दयाहाङ राई र केकी अधिकारी र निर्माता माल्भिका सुब्बा भने अनुपस्थित थिए।

नायक दयाहाङ वीरविक्रमको प्रिमियरमा सहभागी हुन बेलायत पुगेका छन् भने केकी अमेरिकामा छिन्। निर्मात्री माल्भिका सुब्बाको बच्चा जन्मिने मिति नजिकिएकाले उनी उपस्थित हुन सकिनन्। फिल्मलाई यसअघि लघु फिल्म निर्देशनमा काम गरिसकेकी निलु डोमा शेर्पाले निर्देशन गरेकी हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ