राजदूत सिफारिसको सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर

९ बैशाख २०७३, बिहीबार २१:०० मा प्रकाशित

काठमाडौँ,९ वैशाख । मन्त्रिपरिषदले मंगलवार गरेको २१ जना राजदूत सिफारिसको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषद्ले विभिन्न २१ देशमा गरेको राजदूत सिफारिस संविधान विपरीत भएको भन्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

अधिवक्ता रक्षाराम हरिजनले २१ जना राजदूत सिफारिसको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले गरेको रिट निवेदनमा राजदूत सिफारिसको निर्णय ‘नेपालको संविधानको प्रस्तावना, धारा ३८९४०, धारा ४०९१०, धारा ४२९१० र धारा २८२ को विपरितले उक्त सिफारिस गैरसंवैधानिक रहेको’ उल्लेख छ ।

राजदूत सिफारिस गर्दा नेपालको संविधानअनुसार समावेशी समुहका महिला, मधेसी, जनजाति, दलित, मुस्लिम, थारु लगायतलाई नसमेटिएको दाबी रिटमा गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, व्यवस्थापिका संसदको कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर रिटको सुनुवाई सर्वोच्चले शुक्रबार तोकेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण