‘सुनौला हजार दिन’को शुभारम्भ

९ बैशाख २०७३, बिहीबार २०:३९ मा प्रकाशित

काठमाडौँ, ९ वैशाख । सरकारले महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन ‘सुनौला हजार दिन’ जनजागरण अभियानको शुभारम्भ गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री रामजनम चौधरीले अभियानको शुभारम्भ गर्नुभयो । सो अभियान नेपाल सरकार ९राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालय० युरोपेली सङ्घ र संयूक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०को सहकार्यमा गर्न लागिएको हो ।

‘सुनौला हजार दिन’ भन्नाले महिला गर्भवती भएदेखि बच्चा दुई वर्ष हुदाँसम्मको अवधिलाई भनिएको हो । अभियानको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री चौधरीले अभियान नेपालका महिला, बालबालिका, किशोरकिशोरीका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश समृद्ध हुन गर्भवती , सुत्केरी आमा र बच्चाको स्याहार गर्नुपर्नेमा जोडदिनुभयो ।

उहाँले भन्नुभयो—‘‘सबै विषयगत मन्त्रालयले बहुक्षेत्रीय पोषण योजना अन्तर्गत सुनौला १००० दिनमा केन्द्रीत भई नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्छ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले पोषणमा लगानी मानव पुँजीमा लगानी भएको बताउदैँ दीगो विकासको लक्ष्य हासिल गर्नका लागि पनि पोषणमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सरकारले मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना सुरु गरेको छ । अझै पनि आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले उक्त योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको छ ।

एक हजार दिनको अवधिमा उचित पोषणले महिला तथा बालबालिकाको स्वास्थ्य सुधार्न सकेमा रोगबाट हुने मानवीय र आर्थिक भारलाई घटाउनसक्ने पनि अपेक्षा राखिएको छ । नेपालमा ३७ प्रतिशत बालबालिका दीर्घकालीन कुपोषण पुड्कोपन ० बाट पीडित छन्, जसको असर अपरिर्वतनीय र दीर्घकालीन हुन्छ ।

व्यवस्थापिका संसद, महिला, बालबालिका ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले सुनौला हजार दिन जनजागरण अभियानले भोक, रोग, अशिक्षा र गरिबीको कारण व्याप्त कुपोषणको समस्या हल गर्न व्यवस्थापिका संसदका सबै समिति र सरोकारवाला मन्त्रालय समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।
युरोपेली सङ्घका नेपाल प्रतिनिधि रेन्सजी टेरिङकले पोषण बहुआयामिक विषय भएकाले यसका लागि पनि बहुक्षेत्रीय पहल गर्न आवश्यक पर्ने बताउनुभयो । उहाँले भन्नुभयो—‘‘ यो अभियानले मातृशिशु तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने विश्वास लिएको छु ।’’
युनिसेफका नेपाल प्रतिनिधि टोमो होजुमीले १००० दिनको संवेदनशील समयमा उचित पोषण र हेरचाह गर्दा बालबालिकाको शारीरिक तथा मानसिक क्षमतामा गहिरो प्रभाव पार्ने उल्लेख गर्नुभयो । सोही अवसरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई पोषण, खाद्य सुरक्षा तथा सुनौला हजार दिन जनजागरण राष्ट्रिय अभियानका लागि राष्ट्रिय सद्भावना दूत घोषणा गरियो ।

नवघोषित सद्भावना दूत खड्काले आफ्ना घरपरिवारका गर्भवती महिला, सुत्केरी आमा तथा बालबालिकाको उचित हेरचाह, पोषिला खाना तथा सरसफाइमा ध्यान दिन सबै पुरुषलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ