नेपाली समाज युएईद्वारा हिराचन सम्मानित

२० असार २०६९, बुधबार ०७:२४ मा प्रकाशित


युएई, २० असार । एनआरएनएका प्रमुख संरक्षक तथा समाजसेवी देवमान हिराचनलाई नेपाली समाज यूएईले दोसल्ला ओढाएर सम्मान गरेको छ । समाजका अध्यक्ष कृष्ण ढकालको सभापतित्वमा दुवईस्थित एभरेष्ट होटलमा गत शुक्रबार आयोजित सम्मान कार्यक्रममा युएइका लागि नेपाली राजदूत धनन्जय झा प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशेष अथितिका रुपमा आमन्त्रित हिराचनले आफुलाई यूएईमा रहेका एनआरएनहरूले सम्मान गरेकोमा अत्यन्त खुशी लागेको बताउनुभयो । एनआरएन स्थापना भएको १० बर्षसम्म नेपालमा दर्ता हुन नसकेको अवस्थामा अहिले आएर खाडी राष्ट्र तथा मलेशियामा रहेका एनआरएनहरूको भावनाविपरित दर्ता हुने प्रयास गरिएको खुलासा गर्दै प्रमुख संरक्षक हिराचनले यस्तो पूर्वाग्रही कदमविरुद्ध खाडीका एनआरएनहरूले आवाज उठाउन आग्रह गर्नुभयो । एनआरएनको विधान विश्व सम्मेलनले मात्र परिवर्तन गर्न सक्ने तर क्षेत्रिय सम्मेलनले परिवर्तन गर्न नसक्ने बताए । एनआरएनको संस्था दर्ता गर्ने नै हो भने १८३ दिन हुनु पर्दछ, नेपाल सरकारले भनेको दुई वर्षलाई १८३ दिनमा परिवर्तन गरेपछी मात्रै दर्ता गर्नु पर्दछ उनले भने । गैरराजनितीक तथा गैर नाफामुलक संस्था भएको हुनाले एनआरएन संघले नेपालमा सयुक्त लगानी नगर्ने तथा संघमा आवद्ध एनआरएनहरूले मात्र संयुक्त लगानी गर्न सक्ने उनले प्रष्टाए । उहाूले विदेशमा छरिएर रहेका एनआरएनहरूको संयुक्त लगानीले ग्लोवल इन्भेष्टमेन्ट लि. कम्पनी स्थापना गरेको र ५० हजारदेखि १ करोडसम्म कम्पनीमा जो–कोहीले पनि लगानी गर्न सक्ने जानकारी गराउनुभयो ।
दुवईको जेलमा विगत ९ बर्षदेखि मृत्युदण्ड सुनाईएका अमरबहादुर बमको बारेमा एनआरएनले पहल गरेको जनाउंदै नेपाली समाजले प्रधानमन्त्रीलाई लेखेको पत्र आफ्नै हातबाट दिएर पहलको लागि एनआरएनले दवाव दिने पनि उनले बताए । यसैगरी प्रमुख अतिथि नेपाली राजदूतावास यूएईका राजदूत धनन्जय झाले दूतावास स्थापना भएदेखि विभिन्न किसिमले मृत्यु भएका नेपालीहरूको इन्सुरेन्समार्फत प्राप्त हुने रकमको लागि कोसिस गरिरहेको जनाउनुभयो । कार्यक्रमका सभापति तथा नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले नेपाली समाजले समाजसेवी तथा एनआरएनका प्रमुख संरक्षक देवमान हिराचनलाई सम्मान गर्नु नेपाली समाजको लागि गौरवको कुरा भएको अभिव्यक्ति दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र