नाम राख्ने अधिकार सङ्घीय प्रदेशलाई नै दिनुपर्छ: एमाओवादी प्रवक्ता शर्मा

७ बैशाख २०७३, मंगलवार २२:१३ मा प्रकाशित

धनगढी, ७ वैशाख । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले सीमाङ्कन सम्बन्धमा देखिएको विवादको टुङ्गो लगाएर मात्र सङ्घीय प्रदेशको राजधानीको नाम तोक्न उपयुक्त हुने बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ कैलालीले आज गरेको पत्रकारसम्मेलनमा नेता शर्माले विवादको टुङ्गो लगाई कुन ठाउँलाई राजधानी बनाउने र के नाम राख्ने भन्ने विषयमा सङ्घीय प्रदेशलाई नै अधिकार दिनुपर्ने स्पष्ट पार्नुभयो ।

नेता शर्माले संविधानको सफल कार्यान्वयन र मधेसको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको धारणा राख्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

धनुषा । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने