सप्तरीमा राष्ट्रपति रनिङ सिल्ड सुरु

७ बैशाख २०७३, मंगलवार २२:०० मा प्रकाशित

राजविराज, ७ वैशाख । राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सप्तरीमा सोमबारदेखि सुरु भएको छ । सोमबारको खेल सप्तरी क्षेत्र नं।१, ४ र ६ मा सुरु भएको बताइएको छ । निर्वाचन क्षेत्र नं १ अन्तर्गत सप्तकोसी नगरपालिका ओद्राहामा सुरु भएको खेलमा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत लेखनाथ पोखरेलले खेल प्रतियोगिताको उद्घाटन गर्नुभएको जिल्ला खेलकुद विकास समितिका प्रमुख लक्ष्मण मण्डलले बताउनुभयो ।

क्षेत्र नं ४ अन्तर्गत पातो खेलमैदानमा सुरु भएको खेलमा क्षेत्र नं ४ का सांसद ताराकान्त चौधरी र क्षेत्र नं ६ को खेलमा सोही ठाउँका प्रधानाध्यापक एवम् समाजसेवी रामाकान्त यादवले खेलको उद्घाटन गर्नुभएको समितिका प्रमुख मण्डलले जानकारी दिनुभयो ।

यस्तै, दोस्रो चरणको खेल निर्वाचन क्षेत्र नं २, ३ र ५ मा हुने बताइएको छ । जिल्ला खेलकुद विकास सप्तरीको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको खेलअन्तर्गत क्षेत्रस्तरीय प्रतियोगिता वैशाख १० गतेसम्म सञ्चालन हुने र वैशाख १३ गतेदेखि १५ गतेसम्म जिल्लास्तरीय प्रतियोगिताका खेल हुने आयोजक समितिले जनाएको छ ।

विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले जिल्लामा हरेक वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने गरेको बताइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा

रोयल च्यालेन्जर बेङलोरले इण्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १