कोहिनुरमा भारतको दावी हुनसक्दैन: भारत सरकार

७ बैशाख २०७३, मंगलवार २१:५१ मा प्रकाशित

नयाँदिल्ली, ७ वैशाख  । विगत लामो समयदेखि भारत तथा बेलायतबीच कोहिनुर हिराका स्वामित्वको विवाद रहँदै आएको छ । यसै सन्दर्भमा भारतको केन्द्रीय सरकारले अदालतमा पेश गरेको एक जवाफले निकै चर्चा पाएको छ ।
अदालतलाई दिइएको जवाफमा केन्द्र सरकारले भारतले कोहिनुरमा आफ्नो दावी नै प्रस्तुत गर्न नसक्ने कुरा औंल्याएको छ । जवाफमा भारतीय सरकारले बेलायतद्धारा कोहिनुर हिरामाथि जवर्जस्ती कब्जा पनि नगरिएको तथा चोरी पनि नगरिएका कारण देखाउँदै कोहिनुरमाथि दावी प्रस्तुत गर्न नसकिने तर्क प्रस्तुत गरेको छ ।

अल इण्डिया ह्युमान राइट्स एण्ड सोशल जस्टिस फ्रंटद्धारा जनहित याचिका सुनुवाईका क्रममा भारतीय संस्कृति मन्त्रालयका तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता रंजीतकुमारले महाराज रंजित सिंहद्धारा ईष्ट इण्डिया कम्पनीलाई कोहिनुर हिरा दिइएको बताए । यसै क्रममा महान्यायाधिवक्ता कुमारले कोहिनुर हिरामाथि बेलायती सरकारले कुनै जवर्जस्ती नगरेको जिकिर प्रस्तुत गरे । यस अवस्थामा भारत सरकारले बेलायतबाट कोहिनुर हिरा फर्काउन कुनै दावी गर्न नसक्ने भनाइृ उनको थियो ।

यसै मुद्दामा प्रतिवादी बनाईएको भारतीय विदेश मन्त्रालयले कोहिनुरबारे आफ्नो भनाई राख्न भने बाँकी नै रहेको संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो