चीनले चित पार्यो भट्टराईलाई

२० असार २०६९, बुधबार ०७:१४ मा प्रकाशित


काठमाडौं, २० असार । केही दिनअघि मात्र ब्राजिलको रिओ दि जेनेरियोमा भारतलगायतका देशका प्रमुखहरूसंग भेट गरी आफ्नो समर्थन जुटाएर आएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई चीन सरकारले लोप्पा खुवाएको छ । नेपालको कम्युनिस्ट नेतृत्वको सरकारप्रति सधंै लचिलो बन्दै आएको चीन सरकार एकाएक माओवादी उपाध्यक्ष्ँसमेत रहेका प्रधानमन्त्री भट्टराईप्रति कठोर बनेको छ ।
गत शुक्रबार सांझ नेपाल भ्रमणमा आएको चिनियॉ विदेश विभागका दÔिण एसिया प्रमुख आई पिङ नेतृत्वको उच्चस्तरीय टोली प्रधानमन्त्री बाबुराम भट्टराईलाई चित पार्दै फर्कियो । प्रधानमन्त्री भट्टराईनिकट उच्च स्रोतका अनुसार नेपाल भ्रमणमा रहेको चिनियां टोलीनेता आई पिङसंगको भेटमा नेपाल सरकारका तर्फबाट उठाइने मुद्दाहरूको टिपोट प्रधानमन्त्री भट्टराईले शुक्रबार दिउंसो नै तयार गरेका थिए । उनले नेपालमा चीनले गर्न सक्ने विकास तथा तिब्बती शरणार्थीका विषयमा नेपाल सरकारबाट भएको प्रगतिका विवरण सम्बन्धित विभागबाट मगाएका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीको टिपोटमा आफ्नो नेतृत्वको सरकारलाई स्थायित्व दिने विषयलाई पनि प्रमुखताका साथ राखेका थिए ।
शुक्रबार बेलुकी नेपाल आएको टोलीलाई प्रधानमन्त्रीले शनिबार सांझ भेट गर्ने कार्यतालिका मिलाएका थिए । स्रोतका अनुसार टोलीसंग भेटका लागि उनले तीनखाले कार्यतालिका बनाएका थिए । उनको कार्यतालिकामा शनिबार बिहान वा बेलुका र आइतबार बिहान । आफ्नो कार्यतालिका बनाएर उनी चिनियां दूतावासको फोनको प्रतीक्षामा थिए । तर, टोलीले प्रधानमन्त्रीको कुनै वास्ता नै नगरी आइतबार मध्याह्न स्वदेश फर्कियो ।
स्रोतका अनुसार आफूसंग चिनियां टोलीले आइतबार बिहानसम्म भेट गर्न सक्ने विश्वासमा प्रधानमन्त्री भट्टराई थिए । प्रधानमन्त्री भट्टराईको स्वकीय सचिवालयका सचिव फणीन्द्र देवकोटाले शनिबार सांझ भने, ‘आज प्रधानमन्त्रीको चिनियां टोलीसंग भेट हुन सकेन, भोलि (आइतबार) बिहान हुन्छ होला ।’ तर, टोलीले आइतबार प्रधानमन्त्रीलाई आफू आएको औपचारिक जानकारीसमेत नगराई विदेश उडेपछि प्रधानमन्त्री भट्टराईले चीन सरकार आफ्नो समर्थनमा कति रहेछ भन्ने बुझे । आफूलाई भेट नै नगरी चिनियां टोली स्वदेश फर्केपछि भट्टराईले सचिवालयका अधिकारीहरूमाफर्त चिनियां दूतावासमा फोन सम्पर्क गरी आफूसंग भेट नगर्नुको कारणबारे जानकारी मागेका थिए । चिनियां दूतावासले भने यो भ्रमणमा सरकारी अधिकारीहरूसंगको नभई राजनीतिक दलहरूसंग मात्र भएकोले सरकारका कुनै पनि अधिकारीलाई भेट नगरेको जानकारी दिएका थिए । नेपालका लागि चिनियां राजदूत याङ होउलानको भनाइ थियो, ‘नेपाली राजनीतिको पछिल्लो स्थिति बुझ्नका लागि चिनियां उच्चस्तरीय टोली आएकोले टोलीनेता आई पिङले यहांका दलीय नेताहरूसंग भेटघाट गरेको हो ।’ प्रधानमन्त्रीसंग भेट नगर्ने भएपछि टोलीले राष्ट्रपति डा. रामवरण यादवसंग पनि भेट गरेन । ‘राष्ट्रपतिसंग भेट गर्ने प्रधानमन्त्रीसंग नगर्ने गरेको अर्थ अर्को लाग्ने भन्दै टोलीले चाहेर पनि राष्ट्रपतिसंग भेट गरेन,’ स्रोतले भन्यो ।
कुनै पनि देशबाट उच्च अधिकारी आउंदा त्यसको सम्पूर्ण प्रबन्ध परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने हुन्छ । तर, चिनियां अधिकारीहरूको भ्रमण सीधै चिनियां दूतावासले मिलाएको थियो । नेपाल सरकारको विश्वास नरहेको भन्दै चीनले आफ्नो देशको उच्च अधिकारीको भ्रमण नेपालको परराष्ट्र मन्त्रालयमार्फत नभई सीधै नेपालका लागि चिनियां दूतावासमार्फत मिलाएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘सरकारप्रति विश्वास नरहेका कारणले नेपाल सरकारलाई जानकारी नै नदिईकन चिनियां टोली आयो र उनीहरूको सुरक्षामा पनि चिनियां प्रहरीहरूको प्रयोग गरियो ।’
नेपाल बसाइका क्रममा टोलीले एकीकृत माओवादीका अध्यÔ पुष्पकमल दाहाल, काङ्ग्रेसका सभापति सुशील कोइराला, एमालेका अध्यÔ झलनाथ खनाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण, महासचिव रामबहादुर थापा बादल, मधेसी जनअधिकार फोरमका अध्यक्ष्ँ एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतका प्रमुख राजनीतिक दलका नेताहरूसंग भेट गरेको थियो । भेटमा टोलीले नेपालमा उत्पन्न पछिल्लो राजनीतिक अवस्था, शान्तिप्रक्रिया, संविधान निर्माण्ँ र राष्ट्रिय सहमति निर्माण्ँलगायतका विÈयलाई छलफलका एजेण्डा बनाएको थियो । सो भेटका क्रममा चिनियां नेता आईले नेपाली नेतालाई सङ्क्रमण्ँकालीन राजनीतिको निकासका लागि आग्रह गर्दै चांडोभन्दा चांडो राजनीतिक दलबीच सहमति भई शान्ति र संविधान निर्माणले पूर्णता पाओस् भन्ने चाहना रहेको बताएका थिए । चिनियां टोलीले केही दिनअघि मात्र एमाओवादीबाट फुटेको मोहन वैद्य किरणलाई चीन भ्रमणको निम्तो दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको