अमेरिकी राष्ट्रपति निर्वाचन दौड: अन्तिम प्रतिष्पर्धा हिलारी क्लिन्टन भर्शेष डोनाल्ड ट्रंप!

५ बैशाख २०७३, आईतवार २२:५९ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लस-एन्जलस, ६ बैशाख । अमेरिकी राष्ट्रपति निर्वाचनको प्राथमिक तहको निर्वाचन जारी रहदा डेमोक्रयाट पार्टी र रिपव्लिकन पार्टीका प्रत्यासीहरुबीच प्रतिस्पर्धा जारी रहेको छ । यद्यपि अन्तिम प्रतिष्पर्धा डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टन भर्शेष रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंप हुने अमेरिकी राजनीतिक पण्डितहरुको पूर्वानुमान दुई दलको विभिन्न राज्यमा भैरहेका प्राइमरी चुनावका प्राप्त अन्तिम परिणामहरुले पुष्टि गर्दै लगेको छ ।

डेमोक्र्याट पार्टीको तर्फवाट पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन र भरमण्डका सिनेटर वर्नी स्याण्डर्स मैदानमा रहेका छन भने रिपबिलकन पार्टीको तर्फवाट अझै तीनजना मैदानमा रहेका छन् । अर्बपति धनाढ्य डोनाल्ड ट्रम्प,टेड क्रुज र जोन कासिक रहेका छन् ।

डेमोक्र्याट पार्टीको हिलारी क्लिन्टनको अग्रता कायमै छ । यो समाचार तयार पार्दासम्म उनले कूल ४७६५ मध्ये १७९० प्रतिनिधी मत (डेलिगेटस) पाएकी छन् । उनको पार्टीका अर्का प्रत्यासी बर्नी स्याण्डर्सले १११३ मत पाएर पछ्याइरहेका छन् ।

अव बाँकी रहेको मतमध्ये बर्नीले आफूलाई मनोनयनमा पार्नका लागि ६५ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । हिलारी भने ५९३ मत ल्याएको खण्डमा उनी मनोनयनमा पर्नेछिन् । आगामी १९ तारिखमा हुने न्यूयोर्कको प्राथमिक निर्वाचनले एउटा स्पष्ट खाका आउने संभावना रहेको छ ।

न्यूयोर्कको कूल २४६ र पेन्सलभेनियाको १८९ डेलिगेटस भोटले हिलारी अग्रस्थानमा वस्न सफल भइन भने उनको मनोनयनको लागि मार्ग प्रशस्त हुनेछ ।

न्यूयोर्क किन पनि यी दुई उम्मेदवारका लागि महत्वपूर्ण रहेको छ भने वर्नी न्यूयोर्कमा जन्मिएका हुन भने क्लिन्टनको कर्मथलो न्यूयोर्क हो । त्यसैले दुबैको मजबुत आधारशीला भएको स्थानको रुपमा न्यूयोर्कलाई लिइएको छ ।

मङ्गलवार मात्रै मोमाउथ युनिभर्सिटीले गरेको एक सर्वेक्षणमा क्लिन्टनले ५१ प्रतिशत र वर्नी स्याण्डर्सले ३९ मत प्राप्त गरेका थिए । यसले क्लिन्टनको अग्रता कायम रहने अनुमान सञ्चारमाध्यमहरुको रहेको छ ।

बिहीबार भएको सिएनएनको सार्वजनिक बहस कार्यक्रममा दुबै प्रत्यासीले इराक युद्ध, वाल स्ट्रेटको मुद्दालगायतका विषयमा रक्षात्मक टिप्पणी गरेका थिए ।

बिहीबारको बहसमा वर्नी स्याण्डर्सले हिलारीमाथि प्रश्न गर्दे उनको निर्णयमाथि प्रश्न भनेका थिए, वर्नीको भनाई थियो–इराक युद्ध, धनी वर्गका व्यक्तिहरुसँगको सम्बन्ध जस्ता विषयले उनको योग्यतामाथि प्रश्न उठेको छ ।

त्यसको प्रत्युत्तरमा हिलारी क्लिन्टनले मलाइ दुईपटक सिनेटमा जिताएर विदेशमन्त्रीको रुपमा जनताले अनुमोदन गरिसकेका छन् । अमेरिकामा सञ्चारमाध्यमहरुले बिहीबारको क्लिन्टनको प्रस्तुतिलाई अब्बल मानेका छन् ।

उनले नीतिगत विषयमा मजबुततर्क पेस गरेकी थिईन् । यद्यपि क्लिन्टनलाई वर्नीको सुधारात्मक अवधारणाको लागि रोक्ने एउटा प्रयास आगामी अप्रिल १९ तारिख नै हुनेछ । न्यूयोर्कका डेलिगेटसहरुले सहयोग गरेर हिलारीलाई फराकिलो अन्तरले वर्नीलाई हराए भने वर्नी राष्ट्रपतिको दौडबाट घर फर्किनुपर्ने हुन्छ ।

उता रिपब्लिकन पार्टीमा पनि चुनावी दौड जारी रहेको धनाढ्य डोनाल्ड ट्रम्पलाई कडा प्रतिस्पर्धा दिँदै टेड क्रुजले पछाएका छन् । यो समाचार तयार पार्दासम्म ट्रम्पले ७३८ डेलिगेटस भोट पाएका छन भने क्रुजले ५३८ मतका साथ पछ्याइरहेका छन् ।

एक पछि अर्को विवादस्पद अभिव्यक्ति दिँदै आएका ट्रम्पको लोकप्रियता पछिल्लो समयमा केही खस्किएको छ । रिपब्लिकन पार्टीको पनि आगामी अप्रिल १९ तारिखमा न्यूयोर्कमा ९५ डेलिगेटस र अप्रिल २६ मा पेन्सलभेनियामा ७१ मतसहितको प्राथमिक निर्वाचन हुने भएको छ ।

रिपब्लिकन पार्टीको जुन महिनामा मात्रै कसको मनोनयन हुन्छ भन्ने खाका आउने सम्भावना छ । किनकी जुन महिनामा उक्त पार्टीको क्यालिफोर्नियासहित पाँच राज्यमा ३०३ डेलिगेटसले मतदान गर्नेछन् ।

स्मरण रहोस अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहाँसमा एक पटक बाहेक अमेरिकी मतदाताले प्रत्यक दश वर्षमा फरक दलका उम्मेदवारलाई विजयी गर्ने गरेको दृष्टान्त सम्झने हो भने यस पटक रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंपले व्हाइट हाउस प्रवेश पाउने अनुमान गर्न सकिन्छ । ट्रंपको व्हाइट हाउस प्रवेशलाई यस पटक बढ्दो मुल्सिम अतिवाद र आतंकवाद विरोधी उनको कठोर अभिव्यक्तिले अमेरिकी पुरातन मत मात्र होइन सुरक्षासँग संवेदनशील अमेरिकी मन मस्तिष्क समेत घच्घच्याउन सफल हुनुले सहज बनाउदै लगेको छ  ।

तर दुवै दलको आन्तरिक जोड घटाउमा प्रभाव पार्ने, हतियारमा प्रभुत्व जमाउने नेशनल राइफल एशोसियशनका पक्षधरहरु,अमेरिका र विश्व बजारमा प्रभुत्व राख्ने कर्पारेट हाउस र परम्परावादी शक्तिको लगाव सार्वजनिक नभैञ्जेल आगामी नोभेम्वर ८ तारिखमा हुने निर्वाचनमा यी दुई पार्टीको तर्फबाट कसले मनोनयन पाउने हुन् भन्ने जान्न प्रतिक्षानै एउटा सहज उत्तर हुन सक्छ । तर अमेरिकी राजनीतिक पण्डितहरुको पूर्वानुमान अनुसारनै डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टन भर्शेष रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंप अन्तिम प्रतिष्पर्धी हुन् भन्ने आधार बलियो बन्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या