अध्यक्ष दाहाल र नेता पौडेलबीच भेटवार्ता

५ बैशाख २०७३, आईतवार २२:२६ मा प्रकाशित

काठमाडौँ, ५ वैशाख । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा पूर्णरुपमा सहयोग गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहाललाई भेटन आज उहाँकै निवास लाजिम्पाट पुग्नुभएका नेता पौडेललाई संविधान निर्माणमा सहयात्री दलबीचको एकता र सहकार्यले मात्रै संविधानको कार्यान्वयन गर्न सहज हुने भन्दै सो आग्रह गर्नुभएको हो ।

विभिन्न वाधा र अवरोध पन्छाएर प्रमुख दलको सहमतिमा नेपालको संविधान जारी गरिएको भन्दै अध्यक्ष दाहालले सीमाङ्कनलगायत मधेसवादी दलका तर्फबाट व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गर्न पनि ठूला दलको सहकार्य जरुरी रहेको उल्लेख गर्नुभएको थियो ।

संविधानको पूर्ण कार्यान्वयन सबैको प्रमुख चुनौती भएकाले त्यसमा सबै दल लाग्नुपर्ने, सरकार र प्रमुख प्रतिपक्षी भनेर बस्ने अवस्था नभएकाले काँग्रेसलाई सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष दाहालको आग्रहमा नेता पौडेलले प्रमुख दलको सहमति नै राष्ट्रको प्रमुख आवश्यकता रहेको भन्दै त्यसमा सहयोग गर्न आफ्नो दल तयार रहेको धारणा राख्नुभएको थियो ।

मुलुकको समस्या समाधानका लागि प्रमुख दलको सहमति अत्यावश्यक रहेको भन्दै नेता पौडेलले त्यसका लागि काँग्रेस बाधक नहुने बताउनुभएको उहाँका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् ।

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताउनुभएको छ । गृहजिल्ला