ठूला दुई दल सरकारमा जानु हँदैन: काँग्रेस नेता शेखर कोइराला

४ बैशाख २०७३, शनिबार २३:५१ मा प्रकाशित

चितवन, ४ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थामा दुई ठूला दल एकै ठाउँमा नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेस पनि यही सरकारमा गए भ्रष्टाचार, कालोबजारी र कुशासन बढ्ने सम्भावना हुने बताउनुभयो ।

मधेसका, जनजाति, आदिवासीलगायतको समस्या समाधान नगरी काँग्रेस सरकारमा जानाको औचित्य नभएको बताउँदै नेता कोइरालाले अहिले सङ्गठनलाई चुस्तदुरुस्त बनाउने काममा काँग्रेस लाग्नुपर्नेमा जोड दिनुभयो ।

फरक प्रसङ्गमा उहाँले धर्मनिरपेक्षताका कारण सङ्घीयता र गणतन्त्र धरापमा पर्न नहुने बताउँदै गणतन्त्रलाई संस्थागत गर्दै ८५ प्रतिशत जनताको मागअनुरुपको हिन्दू राज्यका लागि लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् ।

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताउनुभएको छ । गृहजिल्ला