जनताले राजा र राजसंस्थाको सक्रियता खोजेको छः पूर्व राजा ज्ञानेन्द्र शाह

१९ असार २०६९, मंगलवार २१:०३ मा प्रकाशित

 काठमाडौं, २० असार । पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था अन्त्य पछिको चार वर्षमा कुनै पनि उपलब्धि हासिल हुन नसक्दा जनताले राजा र राजसंस्थाको सक्रिय भूमिका खोजेको बताएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले भने ‘जनताले अहिले हाम्रो भूमिका खोजेका छन्, धैर्य गरौं केही समयमै हाम्रो भूमिका बारे जनताले नै भन्नेछन्’।

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी छाड्दा भन्दा अहिले मुलुक गम्भीर र अप्ठेरो अवस्थामा पुगेको भन्दै उनले मुलुकलाई अप्ठेरो अवस्थाबाट बचाउन नयाँ शक्तिको उदयबाट मात्रै संभव भएको बताए। पूर्व राजा ज्ञानेन्द्र शाहले भने ‘नयाँ शक्तिको उदय हुनुपर्छ, त्यो भनेको परम्परागत राजसंस्था पनि हुनसक्छ, अरु कोही पनि हुनसक्छ’ ।

पाँच दिने भ्रमणका क्रममा लुम्विनीको नवलपरासी, कपिलवस्तु र रुपन्देहीको धार्मिक स्थल भ्रमणमा आएका पूर्व राजा ज्ञानेन्द्रले मंगलबार साँझ भैरहवाको निर्वाण होटलमा खुलेर संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो पछिल्लो धारणा सार्बजनिक गर्नु भएको हो । आइतबार यहाँ आएका पूर्व राजा ज्ञानेन्द्र शाह बिहीवार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

स्थानीय बासिन्दाको आग्रहलाई स्वीकार गर्दै पश्चिमाञ्चलको लुम्बिनी क्षेत्रको धार्मिक भ्रमणमा जानुभएका पूर्वराजा ज्ञानेन्द्र जनताको भीड देखेर आफैं चकित पर्नुभएको छ । त्यस क्षेत्रका केही मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम बनाएर जानुभएका उहाको भ्रमणमा हजारौ जनताले स्वस्फूर्त रूपमा सहभागिता जनाएका छन् । जनतासमक्ष कुनै अभिव्यक्ति नदिनुभएका पूर्वराजाले मंगलबार बेलुका पत्रकारहरूलाई एक रात्रिभोज दिनुभयो । त्यस अवसरमा उहाले देशको विद्यमान अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गर्दै सबै नेपालीले देशको बारेमा सोच्नुपर्ने अवस्था आएको बताउनुभयो । देशको विद्यमान अवस्थाप्रति के तपाईंहरू सन्तुष्ट हुनुहुन्छ भन्ने जिज्ञाशा राख्दै पूर्वराजाले अब आफू चुपचाप हेरेर मात्र बस्न नसक्ने अवस्थामा रहेको सङ्केत गर्नुभएको थियो ।
पूर्वराजाको भ्रमणमा यसपटक उर्लिएको जनसमूहलाई हेरेर उहामा उत्साहको सञ्चार भएको बताइएको छ । भ्रमणमा उहाँसंग राजा हुदाका बखतभन्दा अहिले मानिसहरूको भीड बढी लागेको दाबी भ्रमण दलका सदस्यहरूले गरेका छन् । कतिपय मानिसले ०६२÷०६३ मा आफू आन्दोलनमा लागेकोमा पूर्वराजासमक्ष पश्चात्ताप गर्दै आफूबाट गल्ती भएकोमा क्षमा दिनसमेत उहासंग आग्रह गरेको पनि उनीहरूले बताएका छन् । पाँच दिनकोभ्रमणमा पूर्वराजाले कृष्णनगरको राधाकृष्ण मन्दिर, तौलिहवाको कौलेश्वर महादेव, बुटवलको गणेश मन्दिर र मुक्तिनाथघामलगायतमा गई पूजाअर्चना गर्नुभएको थियो ।उहाँ  बिहीबार भैरहवाको दुर्गा मन्दिरमा पूजाआजा गरेपछि राजधानी फर्कनुहुने भएको छ । उहाँ  लुम्बिनी, मर्चबार र परासी पनि जानुभएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा