
बेरुत, ३ वैशाख, (एएफपी)। उत्तरी सिरियामा गत २४ घन्टायता जिहादी र बिद्रोहीबीच भएको झडपको क्रममा कम्तीमा ३० हजार सर्वसधारण भागेका मानवअधिकारादी समूहले जनाएको छ ।
ती सर्वसाधारणलाई टर्कीले सीमा खुल्ला गरिदिएको बताइएको छ । अलेपो प्रान्तमा इस्लामिक स्टेट र यहाँका विद्रोहीबीच भएको झडपमा टर्कीको सीमामा रहेका सुरक्षा गार्डमाथिसमेत गोली प्रहार भएको बताइएको छ ।
सिरियाली राष्ट्रपति बसर अल असदका प्रतिनिधि स्वीट्जरल्याण्डको जेनेभामा जारी पछिल्लो वार्ताबाट देशमा व्याप्त हिंसाको अन्त्यगरी नयाँ निकासको आशा गरेका छन् ।
उता सिरियाली जनताले पनि यस पटकको यस वार्ताबाट सार्थक निकासको अपेक्षा गरिरहेका बताइएको छ । जसका कारण सिरियामा गएको कम्तीमा पनि पाँच वर्षसम्म जारी हिंसाको अन्त्य हुने अपेक्षा गरिएको छ ।
तर यता आज सो क्षेत्रमा झडप भइरहेको छ । सिरियामा गएको महिनादेखि युद्धविराम भइरहेको छ ।
सिरियामा गएको कम्तीमा महिनाअघिदेखि युद्धविराम सुरु भएको हो । युद्धविरामको अवस्था अहिले पनि कायमै छ । तर यति लामो समयसम्म पनि सिरियाका बारेमा वार्ता भने सुरु हुन सकेको थिएन ।
सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ ।
सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजारभन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ ।
यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब नौ हजार महिला रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ