म्यानमार केन्द्र भएको नयाँ शक्तिशाली भूकम्पको धक्का महशुस

१ बैशाख २०७३, बुधबार २३:३९ मा प्रकाशित

काठमाडौँ, १ वैशाख । म्यान्मार र भारतको सीमानजिक आज साँझ गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुश गरिएको छ ।

त्यस क्षेत्रमा साँझ ७ बजेर ४० मिनेटमा गएको भूकम्प ७ रिक्टर स्केलको भएको र त्यसको धक्का नेपालमा पनि महसुश गरिएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

पूर्वाञ्चलमा धक्का बढी महसुश

नेपालको पूर्वाञ्चल क्षेत्रमा सो भूकम्पको धक्का राजधानीको तुलनामा बढी महसुश गरिएको थियो ।

धक्का महसुश भएपछि विराटनगरमा मानिसहरु घरबाट बाहिर निस्केका थिए । भूकम्पको झट्काबाट भएको क्षतिको जानकारी अहिलेसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मोरङ्ले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका