हंगकंगका दर्शकले रुचाए “प्रेमगीत”

३० चैत्र २०७२, मंगलवार २३:५३ मा प्रकाशित

अनोज रोक्काह, हंगकंग । नेपाली कथानक चलचित्र प्रेमगीतले हङ्कङेली दर्शकहरुको मन जितेको छ । आईतबार हङ्कङ स्थित युङलुङ थिएटरमा प्रेमगीत युनिटसँगै निर्माता सन्तोष सेन र चलचित्रका नायक प्रदिप खड्काले दर्शकहरुसँगै बसेर फिल्म हेरेका थिए ।

उत्साहजनक उपस्थितबीच प्रर्दशन गरिएको फिल्ममा नायक प्रदिप खड्काको क्रेज गज्जबको देखियो । थिएटरमा प्रवेश गरेसँगै फ्यानहरुबाट घेरिएका प्रदिप र निर्मातालाई उम्कन मुस्किल परिरहेको थियो । सँगै बस्ने र सेल्फि लिनेको भिड नै उर्लिएको थियो ।

HK film 2दर्शकहरुको साथ र समर्थनले मख्ख परेका प्रदिप नेपाल बाहिर रहेका नेपालीहरुको हौसलाले अझ आफुलाई कलाकारीताप्रति जिम्मेवारी बढेको महसुस गर्छन । भन्छन्– “म बाट सवैले उत्कृष्ट कामको अपेक्षा गर्नु भएको छ, यसलाई आगामी दिनमा पुरा गर्नेु छ, त्यसैले म खुसी सँगै संवेदनशिल पनि भएको छु ।”
पारिवारीक दवाव र प्रेमलाई पर्दामा उत्तारिएको फिल्म नेपालमा उत्कृष्ट भएपछि यसलाई अन्य मुलुक तर्फ पनि प्रर्दशन शुरु गरिएको हो ।

फिल्मले आक्रमक ब्यापार गर्दै प्रर्दशनको ५१ औ दिन पनि पुरा गरिसकेको छ । शुर्दशन थापाको निर्देशनमा तयार पारिएको फिल्मिमा खड्का सँगै पुजा शर्मा, सरोज खनाल लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र