श्रीपशुपतिनाथ फाउन्डेशन यू. एस. ए. मन्दिरको लागि घर लिदैं

१९ असार २०६९, मंगलवार २०:०३ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस । गत बर्ष ठीक यसैबेला जुलाई चार तारिखमा सम्पन्न श्रीमद्-भागवत महापुराणमा १ मिलियन डलर भन्दा बढी रकम संकलन गर्न सफल श्री पशुपतिनाथ फाउण्डेशन, यु एस ए, लस एन्जलसले आफ्नो उद्धेश्य नेपाली सामुदायिक केन्द्र, आरध्यदेब भगवान् पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा निर्माणको लक्ष्य बमोजिम एक बर्षको छोटो अबधिमै मन्दिर लगायत सामुदायिक केन्द्र स्थापनाको लागि ग्रेटर लस एन्जलस क्षेत्रको मुटु नर्वाल्क नगरमा बिक्रिमा रहेको चर्च खरिद गरी सम्भवत परदेशमा आफ्नै हकमा सम्पत्ति माताहत हुने गरि मन्दिर निर्माणको प्रक्रिया लगभग समाप्त गरेको छ ।

बिगत केही महिना देखि चर्चामा रहेको ‘प्रोपर्टि’ खरिद प्रक्रियानुसार स्थान हेरिरहने क्रममा फाउण्डेशनको बैठकले निर्णय गरे बमोजिम योग्य, पायक र उपयुक्त ठहर गरेको नर्वाल्क नगरको १०८४३ केन्नी सडक, क्यालिफोर्निया, ९०६५० जिप कोड ठेगानामा बिक्रिमा रहेको चर्च खरिद गरिन सकिने र यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई सार्वजनिक जानकारी र राय संकलनको लागि आज फाउण्देशन्द्दारा आयोजना गरिएको कार्यक्रममा उक्त जानकारी गराइएको हो । बिक्रिमा रहेको सोही चर्चमा आयोजित कार्यक्रममा नेपाली संस्कृति र परम्परा, धर्म र भेषभुषा एबम सम्बन्ध र एकताको सामुदायिक बलले, महापुराणमा हर तरहले सहयोग गरेका नेपाली समुदायका सदस्यको सदाशयताले अब छिट्टै लस एन्जलसमा सामुदायिक केन्द्र र मन्दिर निर्माण हुने कुरा जनाइएको छ ।

फाउन्डेशनका अध्यक्ष भक्त थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५ लाख डलर खर्च लाग्ने अनि फाउन्डेशनसंग कबोल गरिएका रकम मध्यबाट करिब पांच लाख डलर बैंक खातामा जम्मा भैसकेको जनाइएको छ । कार्यक्रममा आर्थिक बिवरण प्रस्तुत गर्दै फाउण्डेशनका कोषाध्यक्ष पुन्नाखर ऋशी ढकालले संकलित रकम दाताहरुले पुरै चुक्ता गरेका नामावली र मन्दिर स्थापनाका लागि तत्काल सहयोग गर्ने बचन दिएका दाता र शुभेच्छुकहरूको फेहरिस्त र आगामी दिनमा फाउन्डेशनले संचालन गर्ने आर्थिक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यथेशष्ठ पार्किङ्ग, ३०० जना सहभागी क्षमता रहेको हल, किचन, बाल-क्रिडास्थल, द्रुत सडकहरूको बिचमा अबस्थित स्थल, यस क्षेत्रका बासिन्दाहरूलाई पायक पर्ने ठाउं, भरपुग मत्राका कोठाहरु, नेपाली पहिचान झल्काउन हरेक तरहले राखिन सकिने ठाउं रहेकोले फाउन्डेशन यहि ‘प्रोपर्टी’ खरिद गर्ने लगभग निर्णयमा पुगेको जनाइएको छ ।

फाउन्डेशनका महासचिब प्रेम गुरागाइंद्दारा संचालित कार्यक्रममा यस क्षेत्रमा सक्रिय सम्पूर्ण संस्थाका प्रमुख तथा पदाधिकारीहरू, स्थानिय र शुभ चिन्तकहरूको उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र