विद्यार्थीलाई नेपाल टेलिकमको डाटा सिमकार्ड

३० चैत्र २०७२, मंगलवार ००:०७ मा प्रकाशित

काठमाडौँ । नेपाल टेलिकमले यस वर्षको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीलाई सोमबारदेखि डाटासहितको सिमकार्ड बिक्री वितरण गर्ने भएको छ ।

सिमकार्ड खरिद गर्न विद्यार्थीले रु ९० भुक्तानी गर्नुपर्नेछ भने त्यसमा रु ५० बराबरको टक भ्याल्यु तथा ३०० एमबी डाटा निःशुल्क उपलब्ध हुनेछ । उक्त सिम सक्रिय गरिएको मितिदेखि ६ महिनासम्म प्रत्येक महिना ५० एमबी डाटा भोल्युमका दरले निःशुल्क प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

मोबाइल सेवामा युवा तथा विद्यार्थी वर्गको आकर्षण दिनानुदिन बढ्नुका साथै सो सेवामार्पmत इन्टरनेट सेवाको प्रयोगमा समेत वृद्धि भएकाले उनीहरुलाई लक्षित गरी सेवा उपलब्ध गराइएको हो । उक्त योजनाअन्तर्गत सिम कार्ड खरिद गर्ने विद्यार्थीले एसएलसी परीक्षाको प्रवेशपत्रको प्रतिलिपि, विद्यार्थी स्वयम् वा निजको अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि पेस गर्नुपर्नेछ । उक्त योजना २०७३ साल असार मसान्तसम्म कायम रहने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०