‘काँग्रेस तत्काल सरकारमा जाँदैन’

२९ चैत्र २०७२, सोमबार २१:३४ मा प्रकाशित

चितवन, २९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आफ्नो पार्टी प्रतिपक्षमै बसेर संविधान कार्यान्वयनमा लाग्ने बताउनुभएको छ ।

काँग्रस संसद्को ठूलो दल भएका कारण प्रभावकारी रुपमा प्रतिपक्षको भूमिकामा बस्ने उहाँको भनाइ थियो ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले तत्काल काँग्रेस सरकामा नजाने बताउनुभयो ।

काँग्रेसभित्रको आन्तरिक विवादलाई मिलाएर सबल र सक्षम पार्टी बनाउन अहिलेको नेतृत्व सक्षम रहेको उहाँले बताउनुभयो । लोकतन्त्रमा जित र हार हुने भए पनि कुनै मतभेद नराखी काम गर्न सभापति शेरवहादुर देउवा लागि पर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । नेकपा एमालेले बल्खुमा पार्टी केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेको छ । मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक