नेपाल एयरलायन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

२९ चैत्र २०७२, सोमबार २१:२४ मा प्रकाशित

जुम्ला, २९ चैत । नेपाल एयरलायन्सको नाइन एन–एवियु संकेत चिन्ह भएको जहाज आज जुम्ला विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

अपराह्न १ः३० बजेतिर जुम्लाबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा धावनमार्गको अन्तिम बिन्दुमा पुग्दा जहाज बाङ्गिएपछि भएपछि चालकदलले आकस्मिकरुपमा इन्जिन बन्द गरेको नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख पवन श्रेष्ठले जानकारी दिनुभयो ।

जहाजका क्याप्टेनका अनुसार विमानको पछिल्तिरको नोजल गियरको तार चुडिएकाले प्राविधिक समस्या आएको हो । “बेलैमा क्याप्टेनले देखाएको बुद्धिमानीबाट हामी सकुशल रह्याँै”– जहाजमा रहेका यात्रु उदिराम डाँगीले भन्नुभयो । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् ।

मङ्गलबार जहाजको मर्मत गरेपछि नियमित उडान हुने बताइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली