सरकार वाइसीएल र दलालहरुको पोषक ः गोपालमान

१९ असार २०६९, मंगलवार १८:१० मा प्रकाशित


काठमाडौं, १९ असार । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनैतिक निकासका लागि दलहरुबिच सहमती गरि संविधानसभा ब्यूताउनु एक मात्र विकल्प भएको बताएका छन् । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले छोटो समयका लागि संविधानसभा ब्युताउनु पर्ने उल्लेख गर्दै भने– सविधान निमार्णको प्रक्रिया अन्तिम चरणमा पुगेको समयमा प्रधानमन्त्री भट्टराई र एमाओवादीले आफ्नो स्वार्थकालागि एकाएक सविधानसभा भंग गरेर देशलाई संकटको भुमरीमा फसाएका हुन् । भट्टराईको उनैका लागि घातक हुने चेतावनी दिंदै उनले कामचलाउ सरकारले पूर्णवजेट ल्याउन खोजे राष्ट्रपतिले रोक्नु पर्ने धाराण व्यक्त गरे । उनका अनुसार पुर्ण बजेट त के आंसिक वजेटका लागि पनि यो सरकार सक्षम नभएका कारण यसले छिटोभन्दा छिटो सत्ता छोडेर मार्ग प्रशस्त गर्नुपर्छ । यो सरकारले वाइसीएल र मधेसवादी केही दलालहरुको भरणपोषण गर्नका लागि मात्र वजेट ल्याउन लागिपरेका कारण यो वजेट कसैलाई पनि मान्य नहुने नेता श्रेष्ठले उल्लेख गरे । कसैलाई पोस्ने वजेट नेपालमा नचाहिने जनाउंदै गदै उनले यो सरकार सत्तामा वसेर देशको सेवा गर्न भन्दा पनि आफ्ना भाइभारदार र पार्टि कार्यकर्ता पाल्न दत्तचित्त रहेको श्रेष्ठको दाबी थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार