सङ्घीयता पक्षधरहरूको संयुक्त मोर्चा बन्ने

१९ असार २०६९, मंगलवार १८:०४ मा प्रकाशित

काठमाडौ, १९ असार । एकीकृत नेकपा माओवादीले जातीय सङ्घीयताका पक्षधरहरूसँग संयुक्त मोर्चा बनाउने पहल थालेको छ । संयुक्त मोर्चा बनाउने प्रयासस्वरुप आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न राजनीतिक दल संवद्ध आदिवासी जनजाति नेता तथा जनजाति आन्दोलनका अगुवाहरूसँग संयुक्त छलफल गर्नुभएको छ । छलफलमा जातीय सङ्घीयता पक्षधरहरूको मोर्चा बनाउने विषयमा सहमति भएको जनजाति नेताहरूले बताएका छन् । प्रधानमन्त्रीसँगको छलफलपछि आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव डा. ओम गुरुङले विगतमा पटक पटक बनाइएको मोर्चाहरू प्रभावहीन भएकोले अब मुद्दा स्थापित गर्न सक्ने खालको मोर्चा बनाउनुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीसँगको छलफलमा जनजाति नेताहरूले विगतमा भएको सहमतिहरूलाई जोगाउने गरी संविधानसभा पुनःस्थापना गरिनुपर्नेमा जोडदिएका थिए । प्रधानमन्त्री निवास बालुवाटामार भएको छलफलमा एमाले उपाध्यक्ष अशोक राई, पोलिटब्यूरो सदस्यहरू पृथ्वी सुब्ब गुरुङ, विजय सुब्बा, काङ्ग्रेस इन्द्रबहादुर गुरूङ, जीप छिरिङ शेर्पा र आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव ओम गुरुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ