बोस्टनमा राप्रपा नेपालका प्रबक्त्ता श्रेष्ठ सम्मानित

२८ चैत्र २०७२, आईतवार २१:३० मा प्रकाशित

शिव मिश्र, बोस्टन । प्रवासी नेपाली एकता समाज बोस्टनको आयोजनामा यहि अप्रिल ६, २०१६ का दिन राप्रपा नेपालका प्रबक्त्ता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठको सम्मानमा एक अन्तरकृया कार्यक्रम बिश्वकै प्रख्यात हारभर्ड विश्व बिद्धालयको प्राङ्गणमा सम्पन्न गरियो ।

सो अन्तर्क्रीया कार्यक्रममा बोस्टनका विभिन्न संघ संस्थाका पदाधिकारी साथै शुभक्छेकहरुको उपस्थिति रहेको थियो । उहाँहरुबाट देशको र राप्रपा नेपाल पार्टीका धारणाका बारेमा विभिन्न जिज्ञासा राख्नुभएको थियो । साथै सुझाबसल्लाह दिनु भएको थियो । सो अबसरमा राजाराम श्रेष्ठ ज्युले विशेष स्थान मिलाइदिनु हुने सन्दिप बस्नेतका साथै उपस्थित महानुभबहरुलाइ धन्यवाद दिदै आफ्नो पार्टीको धारणाबारेमा प्रस्ट्याउनु भएको थियो भने मुलुक राजनैतिकतन्त्र र वादमा समय खेर फालीरहेको र समयको सदुपयोग गर्दै सबै राजनैतिक पार्टीहरुको ध्यान आर्थिक समृद्धि तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

भुकम्प आइसकेपछि सहयोगी दातालाइ धन्यवाद दिनुको साथै हाम्रो जस्तो सानो भुपरिबेस्ठित मुलुक त्यसमा पनि विश्वको दुईवटा शक्तिशाली राष्ट्रको बिचमा भौगोलिक अबस्थाको रुपमा र आर्थिक रुपले हेर्दापनि देशले संघीयता थाम्न सक्दैन भन्ने आफ्नो पार्टीको धारणा रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी सरकारमा रहेर पनि सधै संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र प्राप्तिकोलागि लागिरहने बताउनु भयो ।

प्रजातन्त्र आएपश्चात् पन्चायतकालमा स्थापना गरिएका सबैजसो कलकारखाना बन्द भएका छ्न भने बाकी भएका पनि बन्द हुने अबस्थामा छन । देशमा बेरोजगारी बढि रहेको छ दिन्दिनै युवाशक्ति बिदेश पलायन भइरहेकछन । देशमा सम्प्रादायिक भावना बढीरहेको छ । देश बिखन्डनको कुरा गरिरहेका छन । यस्तो अबस्थामा जनताको भावनाको बरु राजतन्त्रै ठिक थियो भन्ने आकान्क्षाको कदर गर्दै राप्रपाले संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्र र हिन्दु रास्ट्रको एजेन्डा बनाएको बताउनु भयो । र अन्तमा उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र