पोखरा कपमा बाह्र टिमको सहभागिता

२८ चैत्र २०७२, आईतवार २१:२३ मा प्रकाशित

पोखरा, २८ चैत । मङ्गलबारदेखि वैशाख ११ गतेसम्म पोखरा रङ्गशालामा मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

उक्त प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहने छ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ११ फुटबल  टिम र भारतको युनाइटेड पूmटबल टिमले भाग लिने छन् । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगिताको विजेताले रु पाँचलाख पाँच हजार ५५५ र उपबिजेताले रु दुई लाख ५५ हजार ५५५, सिल्ल्ड, पदक र प्रमाणपत्र दिइने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिनुभयो ।

विजेता टिमलाई अघिल्लो वर्ष भन्दा यसवर्ष रु एक लाख ५० हजार पुरस्कार राशि वृद्धि गरिएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने बताइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित