नेपालले इतिहाँस रच्दै राष्ट्रपति र सभामुख पछि पहिलो महिला प्रधानन्यायाधीशमा सुशीला कार्की नियुक्त गर्दै

२८ चैत्र २०७२, आईतवार २१:१३ मा प्रकाशित

काठमाडौ, २८ चैत । नेपालले इतिहाँस रच्दै राष्ट्रपति र सभामुख पछि प्रधान न्यायाधीश नियुक्त गर्ने भएको छ । आइतबारको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सुशीला कार्कीलाई सिफारिस गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार साँझ बसेको परिषद् बैठकले सर्वोच्चकी वरिष्ठ न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो।

साँझको बैठकमा पनि अस्वस्थताका कारण सभामुख ओनसरी घर्ती अनुपस्थित रहे पनि उनकै सहमतिमा कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गरिएको श्रोतले जानकारी दियो।

विस २००९ जेठ २५ गते शंखरापुर वडा नम्बर ३ विराटनगरमा जन्मिएकी कार्की २०३५ सालमा न्याय सेवा प्रवेश गरेकी हुन्। २०४५ देखि २०४७ सम्म अञ्चल अदालतमा बार अध्यक्ष रहेकी कार्की ५९ देखि ६१ सम्म पुनरावेदन अदालतमा बार अध्यक्ष थिइन्।

२०६७ मंसिर ८ गतेबाट सर्वोच्चको स्थायी न्यायाधीशका रुपमा उनले सेवा थालेकी थिइन्। कार्कीले त्रिविबाट कानुनमा स्नातक र बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा पोस्ट ग्र्याजुएट गरेकी छन्।

आउँदो मंगलबार बहालवाला प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकास प्राप्त गर्दैछन्। सिफारि भएपछि संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ।

संसदीय सुनुवाइको सदस्य संख्यामा विवाद हुँदा सुनुवाइ समिति निष्कृय छ। संसदीय सुनुवाइपछि कार्कीलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। श्रेष्ठको अवकासपछि मंगलबारदेखि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा