जङ्गली च्याउ खाँदा पाल्पामा तीनजनाको मृत्यु

१९ असार २०६९, मंगलवार १८:०४ मा प्रकाशित

पाल्पा, १९ असार । जङ्गली च्याउ खाएर बिरामी परेका पाल्पाका तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ । पाल्पाको हेक्लाङग गाविस ८ भञ्याङ्गथोकका एकै परिवारका दुईसहित ३ जनाको आज  बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा ५ वर्षका कुशल राना, ११ वर्षका किरण सारु र १३ वर्षका एकबहादुर सारु रहेका छन् । किरण र कुशलको बिहान ६ बजे र एकबहादुरको बिहान पौने ११ बजे उपचार गर्दै गर्दा मिसन अस्पतालमा मत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सूर्यबहादुर चन्दले जानकारी दिनुभयो । घरमा अभिभावकहरु नभएको बेला उनीहरुले यही असार १५ मा जङ्गलबाट च्याउ ल्याएर खाएको मृतक किरणकी आमा छनमायाँ सारुले बताउनुभयो । उहाँले आफू खेतमा गएको बेला घरमा बच्चाहरु मिलेर च्याउ खाएको बताउनुभयो । बिरामी परेका सात वर्षकी सुस्मीता सारु र १० वर्षका नरेश सारु एकै परिवारका हुन् । उनीहरुको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ । मृतक सारुका बुबा रोजगारको सिलसिलामा विदेशमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले