झापा गोल्डकपको उपाधि आर्मीलाई

२७ चैत्र २०७२, शनिबार २३:०८ मा प्रकाशित

काँकडभिट्टा (झापा), २७ चैत । सर्वाधिक पुरस्कार राशिको प्रथम रमपम झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ ।

आज झापाको डोमामाल रङ्गशालामा भएको फाइनल खेलमा झापा ११ लाई १–० ले पछि पार्दै आर्मी क्लबले उपाधि चुमेको हो । उपाधिसँगै आर्मी क्लबले नगद रु छ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेल सुरु भएको १८औँ मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले विभागीय टिमलाई अग्रता दिलाएका थिए । विमल रानामगरको पासलाई सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।

राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्मीले झापा ११ लाई घरेलु मैदानमा पराजित गरेको छ । घरेलु मैदानमा उपविजेता बनेको झापा ११ ले नगद रु तीन लाख, मेडल र प्रमाणप्रत्र प्राप्त गरेको छ ।

यही चैत १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाएका थिए । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले