भैसेपाटी केन्द्र भएको ४.५ रेक्टरको भूकम्पको जोडदार धक्काले काठमाडौं हल्लियो

२७ चैत्र २०७२, शनिबार २२:५८ मा प्रकाशित

काठमाडौं, २७ चैत । शनिवार बेलुकी ७ बजेर ५ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ललितपुरको भैसेपाटी केन्द्रविन्दुर बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ । ललितपुर प्रहरीका अनुसार मंगलबजार, पाटनढोका र खोकनामा गरि ५ व्यक्ति गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानिय अस्पतलमा उपचार भैरहेको छ ।

भूकम्पका कारण घरभित्र बसेका मानिस आत्तिएका छन् । मानिस आत्तिएर घरबाहिर निष्किएका थिए । गोरखा भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत परकम्प जाने क्रम रोकिएको छैन ।

गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४४६ परकम्प गइसकेका छन् । पछिल्ला केही दिनमा आएका पराकम्पमा भन्दा यो धक्का निकै ठूलो छ। गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पपछि पराकम्पन आउने क्रम जारी छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल