बेलायतको प्रतिष्ठित सुपरस्टोर ‘सुपरड्रग’ को विज्ञापनमा नेपाली

२७ चैत्र २०७२, शनिबार २२:४९ मा प्रकाशित

लन्डन । बेलायतको प्रतिष्ठित सुपरस्टोरको विज्ञापनमा एक नेपाली महिलाले विज्ञापनमा खेल्ने अवसर पाएकी छन् । डुरामस्थित सुपरड्रग स्टोरमा कार्यरत आस्था भट्टराईले विज्ञापनमा खेल्ने अवसर पाएकी हुन् । बेलायतका करिब ८ सय स्टोरमा कार्यरत ब्यूटी थेरापिस्टहरुलाई उछिन्दै आस्थाले सो विज्ञापनमा खेल्ले अवसर पाएकी हुन् । सुपरड्रग बेलायतको दोस्रो ठूलो ब्यूटी एण्ड हेल्थसम्वन्धी प्रोडक्ट सामाग्री बिक्रेता हो । सन् १९६४ देखि यूकेको हाइस्ट्रीटमा आफ्नो ब्यापारको सुरुवात गरेको सो कम्पनी केही बर्षदेखि आफ्नै स्टोरभित्र ब्यूटीसियन सम्बन्धी सेवा विस्तार गरेको थियो । प्रिकिप्सन्, हेल्थ चेक, थेडिङ, लेजर हियर रिमुभललगायतको सेवा समेत प्रदान गर्ने सो स्टोरले बार्षिक करिब ४० मिलियन पाउण्ड आम्दानी गर्छ । काठमाडौं शंखमूल घर भएकी भट्टराईले आफूले यति ठूलो कम्पनीको विज्ञापनका खेल्ने अवसर आउला भन्ने कहिल्यै नसोचेको बताइन् । प्रशन्नता ब्यक्त गर्दै उनले आफै संलग्न संस्था भएकाले कामको मूल्यांकन गरेर आफूलाई छनोट गरेको बताइन् । विगत ४ बर्षदेखि ब्यूटिथेरापिस्टका रुपमा कार्यरत आस्थाले ब्यूटीसियन बेलायतमा लोकप्रिय र आत्मसन्तुष्टि मिल्ने पेशा भएको बताइन् । देख्दा सामान्य लागे पनि यो स्किल जव हो, यो काम जानेका मानिसले बेरोजार बस्नुपर्दैन, आस्थाले भनिन– ‘तालिम लिएर काम थाल्न सकिन्छ । सेल्फ इम्पोलोइको रुपमा काम गर्न पाइने भएकाले बालबच्चा हुने महिलाका लागि यो काम सहज हुन्छ ।’ उनले आफ्नो सुन्दरता भन्दा अरुको सुन्दरता देख्दा आफु दंग गर्ने गरेको बताइन् । नेपालकी चर्चित ब्यूटीसियन कमला श्रेष्ठसँग तालिम लिएकी आस्थाले बेलायत आएपछि थप ब्यूटिसियनको कोर्ष गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र