भूटानी प्रतिभा माझ लोक प्रिय गायक धिमालले ल्याए नयाँ गीत

२६ चैत्र २०७२, शुक्रबार २३:०० मा प्रकाशित

काठमाडौँ । नेपाली साङ्गितिक आकाशमा संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपाली-भाषी एउटा नाम उदीयमान छ। शर्णार्थी शिबिरमा हुँदा देखिनै आफ्नो गायन कलाले भूटानी माझ परिचित नाम हो राम धिमाल।

यु।एस।एका बिभिन्न राज्यमा आयोजित कार्यक्रममा नेपालका चर्चित गायकका गीत गाएर गायन क्षमता प्रस्तुत गरिसक्नु भएका गायक राम धिमाल अब आफ्नै गीत लिएर स्रोता अनि दर्शक माझ आउनुहुने भएका छ।
’उज्वल’ नामक गीती सङ्ग्रह निकालिसक्नु भएका गीतकार गोपी दहालको रचना अनि एन.के ब्रदर्सको सङ्गीतमा ’असल साथी’ बोलको गीत लिएर आउने पक्क भएको गायक राम धिमालले बताउनु भयो।

यस गीतलाई मनोज याकुले सङ्गीत सम्योजन गर्नु भएको छ भने म्युजिक भिडियोलाई दीपेन्द्र केसिले निर्देशन गर्नु हुनेछ। फस्ट लूक समेत सार्बजनिक भई सकेको यस गीतमा मिलन शंकर , सुराबिना कार्की र निराजन प्रधानको अभीनय रहनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी