नुवाकोटमा पोलियो रोगी फेला

१९ असार २०६९, मंगलवार १७:५६ मा प्रकाशित

काठमाडौ, १९ असार । सरकारले पोलियो रोग उन्मुलनको विरुद्धको औषधि अभियानका रुपमा खुवाउन थालेको १४ वर्षपछि नुवाकोटमा पोलियो रोगी भेटिएको छ । बेतिनी गाविस वडा नं. ३ की ३ वर्षका बालिका शर्मिला केसीलाई पोलियो भएको परिवारले जनाएका छन् । शर्मिला नारायणकुमार केसी र सरिता केसीको जेठी छोरी हुन् । पोलियोले शर्मिलाका दुई वटा खुट्टा बाङ्गा छन् । कान्ति बाल अस्पतालको परीक्षणले पोलियो भएको पुष्टि गरेको शर्मिलाका काका रामचन्द्रले बताउनुभयो । समुन्द्रटार स्वास्थ्य चौकीले पोलियोको आशंकामा काठमाडौंको कान्ति बाल अस्पताल पठाएको शर्मिलालाई लामो परीक्षणपछि पोलियो भएको पुष्टि गरेको परिवारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको