एपिएफ क्लवलाई पराजित गर्दै सुनौलो संगम युवा क्लव फाईनलमा

२४ चैत्र २०७२, बुधबार २२:१३ मा प्रकाशित

रुपन्देही, २४ चैत । बुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता-२०७२ अन्तर्गत बुधबार भएको खेलमा सुनौलो संगम युवा क्लव विजयी रुपन्देही भएको छ ।

बुटवल १२ स्थित मानवज्ञान उच्च माविको खेल मैदानमा भएको खेलमा विभागिय टिम एपिएफ काठमाडौलाई ४, २ ले हराउँदै सुनौलो संगम युवा क्लव विजयी भएको हो ।

विजयी सँगै घरेलु क्लव सुनौलो संगम फाईनलमा प्रवेश गरेको छ । एपिएफ क्लवका लागि खेलको सुरुवाती मिनेटमा चुरामणी चौधरीले गोल गर्दै अग्रता दिलाएपनि सुनौलो संगम युवा क्लवका लागि खेलको छैठो मिनेटमा रितेश मल्लले गोल गर्दै खेललाई १,१ को बराबरीमा पुराए ।

एक पछि अर्को गर्दै पोष्ट आर्कमणलाई तिब्र बनाएको सुनौलो संगम युवा क्लवले पुनः खेलको १६ औं मिनेटमा रितेश मल्लले नै गोल गर्दै टिमलाई २, १ को अग्रता दिलाए । खेलको २६ औं मिनेटमा सुनौलो संगमका लागि जनम लिगले हेड मार्फत गोल गर्दै टिमलाई ३,१ को स्थितीमा पुराए । लगत्तै ३५ औं मिनेटमा सुरज हमालले गोल गर्दै पहिलो हाफमा टिमलाई ४,१ को स्थितीमा पुराए ।

दोस्रो हाफमा आक्रमक शैलिमा खेल प्रस्तुत गरेको एपिएफका लागि थप एक गोल दोस्रो हाफको ३८ औं मिनेटमा चुडामणी चौधरीले व्यक्तिगत दुई गोल तथा टिमका लागि पनि २ गोल गरे ।
खेल समय अवधिभर दुवै टिमले केही सुनौला अवसरहरु पाएपनि गोल गर्न सकेनन र खेल ४, २ को अवस्थामा समापन भयो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता चैत २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ । बुटवल १२ रामनगर स्थित मानवज्ञान विद्यालयको खेल मैदान जारी प्रतियोगितामा खनाल ब्रदर्श, मदन भण्डारी स्पोट्स एकेडेमी, ए.पि.एफ, काठमाण्डौ, सुनौलो संगम युवा क्लव, चितवन-११, पश्चिमाञ्चल प्रहरी टिम, बुटवल, सिम्रिक युवा क्लव, नवलपरासी-११, टेन्सवर्ग फर्सा्टिकर–११, क्यानडी ट्रिनिटी क्लव स्याङ्जा र त्रिभुवन आर्मी क्लव काठमाडौंको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५-५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता अवधिभर, अपाङगता भएका व्यक्तिहरु, महिला तथा बृद्धबृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत विहिबार दोस्रो सेमिफाईनल खेलमा नवजागृती युवा क्लव सिमरा र त्रिभुवन आर्मी क्लव काठमाडौं का बीच ठिक ३ बजेदेखि खेल सुरु हुनेछ ।
यी दुई टिम मध्ये जुन टिम विजयी हुनेछ सो टिमले फाईनलमा चैत २७ गते सुनौलो संगम युवा क्लव सँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले