कन्चनपुर र डडेलधुरामा व्यवस्थित सूचना प्रणाली

१९ असार २०६९, मंगलवार १७:५५ मा प्रकाशित

कन्चनपुर, १९ असार । सुदूरपश्चिमको कन्चनपुर र डडेल्धुरामा नेपालमै पहिलो पटक व्यवस्थित सूचना प्रणालीको विकास गर्न राज्यले पहल थालेको छ । नागरिकप्रति स्थानीय निकायको जवाफदेहिता बढाउन संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले यी दुई जिल्लामा सूचना प्रणालीको विकास गर्न पहल थालेको हो । अब नागरिकहरुको पारिवारिक विवरण अध्यावधिक गरिने संयोजक इन्द्र भुजेलले जानकारी दिनुभयो । कंचनपुर र डडेल्धुरामा सुरु भएको मानव विकास तथा सामाजिक सुरक्षा नमूना परियोजनाबाट केन्द्र तथा स्थानीय सरकारको सामाजिक सुरक्षा सेवा प्रवाह गर्ने क्षमताको विकास गर्नेछ । परियोजनामा मुख्य रुपमा घरधुरी दर्ता प्रकृया अन्तरगत पारिवारिक विवरण संकलन गर्ने र त्यसैका आधारमा गरिबीका वैकल्पिक सुचकाङ्क प्रयोग गरि विपन्नताको स्तर निर्धारण गरिने संयोजक भुजेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा