श्रीलङ्काली प्रधानमन्त्रीको चीन भ्रमण

२३ चैत्र २०७२, मंगलवार २१:२० मा प्रकाशित

बेइजिङ, २३ चैत । श्रीलङ्काली प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको छ । उहाँले यही अप्रिल ६ देखि ९ सम्म चीन भ्रमण गर्न लाग्नुभएको हो ।
चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा विक्रमसिङ्घे चीन भ्रमणका गर्न यही बुधबार जानुहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ्ग लिले जानकारी दिनु भएको छ ।

श्रीलङ्काली ६७ बर्षीय प्रधानमन्त्री यस अघि पनि १९९३ देखि १९९४ सम्म, २००१ देखि २००४ सम्म र ुसन् २०१५ को जनवरीमा तेस्रो पटक श्रीलङ्काको प्रधानमन्त्री बन्नु भएको हो ।

चिनियाँ नेताहरू र विक्रमासिङ्घेबीच हुने वार्तामा द्विपक्षीय सम्बन्ध र दुबै देशबीचको साझा मुद्दाको विषयमा छलफल हुने पनि प्रवक्ताले बताउनुभएको छ ।

विक्रमसिङ्घेले यस अधि ६ पटक चीनको भ्रमण गरिसक्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार