भट्टराई सरकारलाई पूर्ण बजेट ल्याउने हैसियत नभएको विपक्षी दलहरूको निष्कर्ष

१९ असार २०६९, मंगलवार १७:५० मा प्रकाशित

काठमाडौ, १९ असार । काङ्ग्रेस, एमाले गठबन्धनमा रहेका दलहरुको आज बसेको बैठकले अहिलेको सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको निष्कर्ष निकालेको छ । एमाले केन्द्रीय कार्यालय बल्खुमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्री डा. बाबुराम भट्टराई तुरुन्त राजीनामा दिएर सहमतिका लागि बाटो खुलाउनुपर्ने निष्कर्ष पनि निकालेको छ । विपक्षी दलहरूको बैठकले अध्यादेशबाट सरकारलाई बजेट ल्याउनबाट रोक लगाउन राष्ट्रपति आग्रह गरिने निर्णय पनि गरेको छ । जसरी पनि पूर्ण बजेट ल्याउने तयारी लागेपछि सरकारी योजना सफल हुन नदिने विपक्षी दलहरूको बैठक बसेको हो । सर्वोच्च अदालतको आदेशपछि सरकार पूर्ण बजेट ल्याउने तयारी लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार