पोर्तुगलमा सम्पन्न भलिबल प्रतियोगितामा मोना विजयी

१५ चैत्र २०७२, सोमबार २२:१७ मा प्रकाशित

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगितामा म्याग्देली प्रवासी नेपाली संघ (मोना), पोर्तुगल विजयी बनेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक फाइनल खेलमा ठकुरी समाज पोर्तुगललाई पराजित गर्दै मोना विजयी बन्यो ।

प्रतियोगितामा ६ समूहको सहभागीता रहेको थियो । लिग चरणको खेलमा समूह ‘क’ ठकुरी समाज पोर्तुगल बिजेता बन्दै सेमी फाइनलमा पुगेको थियो । पर्वत समाजलाई हराउदै मोनाले उपविजेता बनी सेमी फ़ाइनलमा पुगेको थियो ।

समूह ‘ख’ बाट बुर्तिबाङ समूह ‘ए’ बिजेता र भुपेन्द्र बस्नेत एलडिए उपविजेता बन्दै सेमीमा पुगे । बुर्तिबाङ समूह ‘बी’ नक आउट चरणमा पुग्न सकेन ।

कार्यक्रममा कलाकारहरुले नाचगान प्रस्तुत गरेका थिए । सेकेन्ड डिग्री ब्ल्याक बेल्ट, आइटिएफ तेश्रो राष्ट्रिय प्रोफेशनल च्याम्पियन, २२ वर्षीय प्रकाश थापालगायत एभरेष्ट तेक्वान्दो क्लबका तेक्वान्दो खेलाडीहरुले काँता, र रोचक एवं साहसिक तोडफोड प्रदर्शन गरेका थिए ।

भलिबलको बिजेताले ८०१ युरो नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्यो त्यस्तै उपबिजेतालाई ५०१ युरो नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

आयोजकले महेन्द्र पुलिस क्लबका पूर्व खेलाडी बरन्जा म्याग्दीका श्याम रोका मगर, ताराखोला बागलुङका खेलाडी चित्र गौचन र भलिबलका राष्ट्रिय रेफ्री नारायणकाजी थापा मगरलाई सम्मान गरेको थियो ।

बुर्तिबाङ-बागलुङका युवाहरुले आयोजना गरेको कार्यक्रम इनाटेल फुन्दासाँउ लोजा (अल्भलाद) कभर्ड हलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-ट्‍वान्टी आइ सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यस सिरिजको फाइनलको यात्रा तय गरिसकेको नेपालले

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित