समाजसेवामा सप्रप महिला संघ

१९ असार २०६९, मंगलवार १७:४४ मा प्रकाशित


काठमाडौं, १९ असार । सशस्त्र प्रहरी परिवार महिला संघले काठमाडौंको कपुरधारास्थित मानसिक रुपमा कमजोर रहेका बालबालिकाहरुको लागि संचालित डाउन सिन्ड्रोम समाज नेपाललाई विभिन्न सामाग्रीहरु प्रदान गरेको छ । संघकी अध्यक्ष श्रीमती रमा वन्तले सो समाजका संस्थापक अध्यक्ष चन्द्र थापालाई २१ इन्चको कलर टेलिभिजन हस्तान्तरण गर्नुको साथै त्यहाँस्थित बालबालिकाहरुलाई जुस, विस्कुट लगायत खाद्यान्न सामाग्री प्रदान गर्नुभयो ।
कार्यक्रममा बालबालिकाहरुले आफुमा भएको प्रतिभा देखाउँदै विभिन्न गीत संगीतमा नृत्यकला प्रस्तुत गरेका थिए भने सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती रमा वन्तले मानसिक स्थिति कमजोर भएका बालबालिकालाई रेखदेख गर्नु गाह्रो काम भएको उल्लेख गर्नुहुँदै डाउन सिन्ड्रोम समाज नेपालको कार्यको प्रसंसा गर्नुभयो । सो समाजका संस्थापक अध्यक्ष चन्द्र थापाले डाउन सिन्ड्रोम समाजलाई संचालन गर्न धेरै चुनौती र बाधाहरु पार गर्नुपरेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या