सैनिक विमान दुर्घटनामा बाह्र अल्जेरियाली सैनिकको मृत्यु

१५ चैत्र २०७२, सोमबार २२:०८ मा प्रकाशित

अल्जेरिस्, १५ चैत, (एएफपी) । अल्जेरियाको दक्षिणी भागमा आइतबार भएको एक हेलिकोप्टर दुर्घटनामा १२ जना अल्जेरियाली सैनिकको मृत्यु भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।

सो दुर्घटना प्राविधिक गडबडीका कारण भएको बताइएको छ । मि –१७१ हेलिकोप्टर दक्षिणपश्चिमी प्रान्त अदरारमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
सहायक रक्षामन्त्री एवम् सेना प्रमुख अहमद गइद सलाहले दुर्घटनाको कारण तत्काल अनुसन्धान गर्न आदेश दिइएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सन् २०१४ को फेब्रुअरीमा पनि पूर्वी अल्जेरियामा भएको एक सैनिक विमान दुर्घटनामा कम्तीमा ७७ व्यक्तिको मृत्यु भएको थियो ।
सोही बर्षको अक्टोबरमा देशको दक्षिणी भागमा सैनिक तालिममा सम्लग्न दुई विमान आकासमै जुधेर भएको दुर्घटनामा परी केही सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार