बांध मर्मतप्रति भारत उदासीन, नारायणीमा बांध फुट्ने खतरा

१९ असार २०६९, मंगलवार १५:०१ मा प्रकाशित

नवलपरासी, १९ असार । बर्षा याम सुरु भएसंगै नवलपरासीमा नारायणी नदी किनारमा रहेको बि–ग्याप बांध भत्किने खतरा बढ्दै गएको छ । जसका कारण आसपासका आधा दर्जन भन्दा बढी गाविसमा बांध फुटेर बाढी आउन सक्ने त्रास बढेर गएको छ । गत वर्षको बाढीले बि–ग्याप १२ नम्बर ठोकर र नेपाल बांध ३ नम्बर ठोकरमा क्षति पु¥याउनुका साथै नेपाल बांध ठोकर नम्बर ५ नजिक ५० विगाहाभन्दा बढी जमिन कटान गरेको भए पनि यसवर्ष बांध मर्मत–सम्भारको कुनै काम नगरिदा बांध फुट्ने खतरा बढेर गएको हो ।
बि–ग्याप बांधको सबैभन्दा जोखिमको १२ नम्बर ठोकरको अग्रभाग अघिल्लो वर्ष पनि मर्मतकै क्रममा बाढी आएपछि भत्किएको थियो । तीन पटकसम्म भत्किएको उक्त ठोकरमा बाढीका कारण जालीमा ढुंगा हालेर सामान्य मर्मत गरी छोडिएको थियो । ब्लक ढलान गरी मर्मतको काम गर्नुपर्ने भए पनि जोखिमपूर्ण अवस्थामा रहेको १२ नम्बर ठोकरको यसवर्ष कुनै काम गरिएको छैन । त्यसैगरी नेपालबांध ठोकर नं ३ मा यस बर्ष मर्मत सम्भार नगरिएको बुझिएको छ । यसैगरी, अघिल्लो वर्ष कटान गरेको क्षेत्रमा तटबन्धको कुनै काम गरिएको छैन । अघिल्लो वर्ष नारायणी नदीले कटान गर्दै बांधसम्म आइसकेकोले पनि तटबन्ध कटान हुने सम्भावना बढेर गएको हो । हालसम्म पनि ठोकर मर्मत नहुदा यस वर्ष गण्डक बांध भत्किने सम्भावना बढेको स्थानीयवासीको भनाई छ । अघिल्ला वर्षमा पनि बाढी नआउन्जेल काम शुरु नगर्ने र बाढी आएपछि एकाएक मर्मत सम्भारका काम अगाडि बढाउने गरिएकोले खतराको सम्भावना रहेको स्थानीय समाजसेवी देवकरण कलवारले बताए ।
हरेक वर्ष मे महिनाअगावै सबै काम सम्पन्न गरिसक्नु पर्ने भए पनि बाढीको समयमा थोरै काम गरी धेरै कामवापतको रकम पाउन सक्ने भएकोले भारतीय कर्मचारी र ठेकेदारको मिलेमतोमा बिभिन्न बहाना बनाएर वर्षात शुरु भएपछि मात्र काम हुने गरेको छ । आधा सताब्दि नाघ्न लागेको यो बा“ध क्षतिग्रस्त भएमा नेपालका सिमावर्ती एक दर्जन गाविस बाढीको चपेटामा पर्छ भने भारतका सयौं गाउ“हरु पनि बाढीको प्रभावित हुने सम्भावना बढेर गएको छ । ८ लाख ५० हजार क्यूसेक क्षमता डिजाइन भएपनि हाल यस बा“धको वास्तविक क्षमता ४ लाख क्यूसेकभन्दा बढी नभएको प्राविधिकहरु बताउंछन् । त्यसैले यसप्रति समयमै सचेत नभए कोशी बांधको जस्तो दशा यहा नहोला भन्न सकि“दैन । तर, तत्काल यो बांध मर्मत नभएमा बि–ग्यापको १२ नम्बर ठोकर नेपाल बा“धको २ नम्बर ठोकर फुट्ने खतरा बढ्दै गएको छ जसका कारण पक्लीहवा र नर्सहीका जनता निकै जोखिममा रहेको जलअभियानकर्मी कुलदीप आचार्यले बताउनुभयो । गण्डक सङ्घर्ष समिती र भारतिय प्राविधिकबीच २०६५ सालमा भएको सहमतीअनुसार भारतीयय पक्षद्वारा प्रभावकारी रुपमा बांधको मर्मत र संरक्षण गर्ने काम नहुंदा गण्डक बांध फुट्ने खतरा देखिएको हो । भारतीय पक्षले आफ्नो जिम्मेवारीप्रति दर्शाएको उदासिनतामाथि गम्भीर हुंदै बांध मर्मत गर्नेतर्फ तत्काल नेपाल सरकारको ध्यान जानु जरुरी रहेको जलअभियानकर्मी आचार्यको भनाई रहेको छ । मर्मत सम्भारको जिम्मेवारी पाएको भारतीय जल संसाधन विभाग उत्तर प्रदेशसंग यस विषयमा जानकारी माग्दा कार्यकारी अभियन्ता आरएस वर्माले अहिले आफुहरुसंग बा“ध मर्मतसम्बन्धी कुनै योजना नभएको बताउनुभयो । त्यस्तै जुनियर इञ्जिनियर एमके सिंहले भारतमा हुन लागेको निर्वाचनहरुका कारण कुनै एग्रिमेन्ट हुन नसकेकोले बांध मर्मत सम्भार कार्यको लागि नेपालस्थित भारतीय दुतावासमार्फत भारतीय पक्षलाई दबाव दिए मात्र काम हुन सक्ने बताउनुभयो ।
गण्डक संघर्ष समितिले क्षतिग्रस्त ठोकरको मर्मत शुरु गराउन हालै जल संसाधान विभाग महाराजगञ्जमा प्रतिनिधी मण्डल गएपछि भारतीय अधिकारीहरु तीन दिनभित्र स्थलगत निरिक्षणमा आउने जनाए पनि हालसम्म कुनै पदाधिकारी निरीक्षणमा नआएको संघर्ष समितिका प्रवक्ता रमेशचन्द्र रौनियारले बताए । संघर्ष समितिका सचिव दुधनाथ गुप्ताका अनुसार बा“धमा हुने क्षतिले नेपालमाभन्दा भारतमा बढी प्रभाव पार्ने भएकोले पनि अति जोखिम क्षेत्रहरुको पहिचान गरी काम गर्नुपर्ने अवस्था रहेको छ । अन्यथा कुनै कारणले बांध क्षति भए यसक्षेत्रका जनता पुनः आन्दोलित हुनसक्ने उनले बताए ।


प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।