‘चीनसँग भएको पारवहन र यातायात सम्झौता नेपालको आर्थिक विकासको लागि उल्लेख्य उपलब्धि हो’

१४ चैत्र २०७२, आईतवार २३:४५ मा प्रकाशित

काठमाडौ, १४ चैत । चीनको साता ब्यापी भ्रमण सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशवीच आपसी विश्वास र समझदारी अभिबृद्धि भई राजनीतिक सम्बन्ध थप सुदृढ भएको दावी गरेका छन ।
त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले दिर्घकालिन रुपमा नेपालकोलागि सहयोगको दायरा बढेको भन्दै आफ्नो भ्रमणले जनस्तरको सम्बन्धको अधारशिला थप बलियो बनाएको बताए ।
प्रधानमन्त्रीले नेपालको छिमेकीहरुसँग सम्बन्ध एक अर्कासँग तुलना नगर्ने नीति भएको स्पष्ट पार्दै नेपालको विकास हामीले आफै गर्ने भएकोले अबको कामको रुपमा पुर्ननिर्माण छिमेकीसँग भएको समझदारीको उपयोग गरेर अघि बढ्नु पर्ने बताए । उनले भने,‘ दुई देशसँग सुमधुर बनाएर जाने नेपाल सरकारको नीति हो । नेपालका लागि दुबै देश बराबर छन् । कसैसँग तुलना गर्न मिल्दैन ।’
उनले आफ्नो चीन भ्रमण सफल भएको दावी गर्दै भ्रमणको क्रममा भएकोे पारवहन र यातायात सम्झौताले नेपालको आर्थिक विकासको ढोका खोलेको दावी गरे ।
ओलीले भने, ‘चीनसँग पारवहन र यातायात सम्झौता भयो, यो नेपालको आर्थिक विकासको लागि उल्लेख्य उपलब्धि हो ।’
उनले आफ्नो औपचारिक भ्रमणको क्रममा पाएको स्वागत आथित्यकोलागि चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री, हाईनान सान्सी, सिचुवान प्रान्तका अधिकार र चिनियाँ जनता प्रति कृतज्ञता प्रदान गरेका थिए ।
प्रधानमन्त्रीले आफ्नो भ्रमणको क्रममा नेपालका राष्ट्रपतिको तर्फबाट चिनियाँ राष्ट्रपति र आफ्नो तर्फबाट चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको जानकारी पनि पत्रकार सम्मेलनमा दिए ।
उनले भ्रमणको क्रममा आफूले भुकम्पबाट क्षतिग्रस्थानको पुर्ननिर्माण, सात सय मेघावटाको जलविद्युत आयोजना बाट स्थानीयले लिईरहेको फाईदा बारे लिएको जानकारीबाट धेरै कुरा सिकेको भन्दै नेपाल समेत सदस्य रहेको एसियन पूर्वाधार विकास बैंकका अध्यक्षसँगको भेटमा नेपालका फाईदाका विषयमा छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्रीले बोआयो सम्मेलनमा आफूले अबको विकास प्रक्रिया अन्तरदेशीय सहयोगको ढाचा सम यायिक हुनु पर्ने, गरिबी निवारण नगरी शान्ति प्राप्त हुन सक्दैन भन्ने धारणा राखेको बताए ।
पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनसँग भएको पारवहन सन्धी दिर्घकालिन राष्ट्रिय हितकोलागि महत्वपूर्ण उपलब्धि भएको भन्दै यसको कार्यान्वयनको प्रक्रिया अघि बढीसकेकोले यसमा आशंका नगर्न आग्रह गरे ।
उनले भने,‘ पारवहन सम्झौता तत्कालै प्रारम्भ हुन्छ । यो कार्यान्वयनमा आएको छ । दुबै पक्षले अपग्रेड गर्दै जान्छन । कार्यान्वयन नहुनेमा आशंका गर्नु पर्दैन ।’
थापाले नेपालको दुबै छिमेकीसँग असल सम्बन्ध रहेको र सम्बन्धको आआफ्नै चरित्र र आधार रहेको भन्दै नेपालले छिमेकीहरुसँग बृहद राष्ट्रिय हितको लागि बृहद सम्बन्ध राख्न चाहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण