विस्फोटमा संलग्न एक संदिग्ध पक्राउ

१४ चैत्र २०७२, आईतवार २३:४० मा प्रकाशित

ब्रसेल्स, १४ चैत । बेल्जियमको दक्षिणपूर्वी नगर लिजको बाहिरी इलाकामा गत शनिबार लगातार तीन पटक बम विस्फोट भएको छ ।

यसैक्रममा एक संदिग्ध व्यक्ति पक्राउ परेको स्थानीय समाचार संस्थाले ला एभेनिरले जनाएको छ ।

उक्त विस्फोटबाट एक जना पैदल यात्रीलाई सामान्य चोटपटक लागेको र कसैले के कति कारणले उक्त विस्फोट गराएको हो, सो भने खुलाशा भएको छैन् । पहिलो विस्फोट दक्षिणीपूर्वी बेल्जियमको आङ्ग्लोर सहरमा रातको ११ः४० बजे भएको थियो ।

त्यसको आधा घन्टापछि वेन होसेमा र तेस्रो विस्फोट जुपिल कोएफ सडकमा मध्यरात १२ः३० बजे गराइएको थियो ।

उक्त तीन विस्फोट मध्ये एउटाले एक जना व्यक्तिलाई सामान्य चोटपटक लाग्नुका साथै एक स्थानीय व्यक्तिको सपत्ती केही क्षति भएको जनाइएको छ । पक्राउ परेको व्यक्तिसँग सोमबार सोधपुछ गरिने बताइएको छ ।

हालसम्मको आङ्कलनमा यस विस्फोटहरु गत मङ्गलबार राजधानी ब्रसेल्समा भएको आतङ्ककारी आक्रमणसँग सम्बद्ध नभएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो