अन्नपूर्ण दक्षिणमा लगातार हिमपहिरो

१४ चैत्र २०७२, आईतवार २३:३६ मा प्रकाशित

म्याग्दी, १४ चैत । म्याग्दीको उत्तरी नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण दक्षिण हिमालमा गत फागुनदेखि गएको हिमपहिरो अझै रोकिएको छैन ।

फागुन १० गतेदेखि अन्नपूर्ण दक्षिण क्षेत्रमा पटक पटक हिमपहिरो जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । दिनहुँ ठूलो आवाजमा पहिरो जाने गरेको र अन्नपूर्ण दक्षिण हिमालबाट बग्ने घलेम्दीखोलासमेत धमिलो भएको उहाँले बताउनुभयो ।

निरन्तर पहिरो खस्न थालेपछि उक्त नदीको पानी मिसिएर कालीगण्डकी नदीको पानी समेत सेतो देखिएको छ । निरन्तरको हिमपहिराले नदीको बहाब बढेको छ ।

घलेम्दीखोलाको सतह बढेका कारण नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले निर्माण गरेको काठेसाँघु बगाएको आयोजनाका कम्पनी सचिव विमल रिजालले जानकारी दिनुभयो ।

एक्याप र घलेम्दी जलविद्युत् आयोजनाबाट प्राविधिकको टोली पहिराको निरीक्षणका लागि आधार शिविरसम्म जाने तयारी गरे पनि प्रतिकूल मौसम र अत्यधिक धुलोका कारण सफल हुन नसकेको बताइएको छ ।

प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले निरन्तर हिमपहिरो खसे पनि कालीगण्डकी तटीय क्षेत्रमा कुनै प्रकारको जोखिम नरहेको बताउनुभयो । प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट समेत त्यहाँ जान सक्ने अवस्था नभएको जनाइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार