कठिन यात्रा तय गर्दै गोरखाको विकट हिमाली भेग लापु पुगे बेलायती राजकुमार ह्यारी

१३ चैत्र २०७२, शनिबार २३:०३ मा प्रकाशित

गोरखा, १३ चैत । आफ्नो औपचारिक भ्रमण सकिए पछिको थप ६ दिन विकट भुकम्प पीडित गाँउमा स्वयम सेवा गर्ने उद्देश्य राखेका बेलायती राजकुमार ह्यारी कठिन यात्रा तय गर्दै गोरखाको लापु गाँउ पुगेका छन ।

हेलिकप्टर लिएर सिधै सहजै पुग्न सकिने भएपनि राजकुमार ह्यारी नेपालीहरुको बास्तविक जीवन अनुभव गर्ने इच्छा पुरा गर्ने मनसाय अनुरुप स्थानिय वासिन्दा जसरिनै पैदल मार्गबाट गोरखाको लापु गाँउ पुगेका हुन् ।

उनी यतिवेला गोरखा सदरमुकामबाट २० कोषको दुरीमा रहेको लापुमा छन । उनी गाडिबाट थुमीको सोतीबाट करिब तीन घण्टा पैदल हिँडेर त्यहाँ पुगेका हुन ।

गोरखाको विकट हिमाली भेग लापु जानेबाटो एकोहोरो मात्रै हिड्न मिल्ने खालको छ । पहाडको बीच-बीचमा खोपेर बनाएको बाटो र तलतिर भिरमुनी बुढीगण्डकी बगिरहेको कठिन दृश्य हेर्दै आखिर पुगी छाडे राजकुमार ह्यारी गोरखाको विकट हिमाली भेग लापु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली