
अविजा (आइभरीकोस्ट), १३ चैत । आइभरीकोस्टको बोना शहरमा किसान तथा गोठालाबीच भएको विवादले चर्को रुप लिएपछि शुक्रबार कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
घटनामा १७ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका छन् । गहिरो चोटका कारण उनीहरुको अवस्था चिन्ताजनक रहेको आइभरीकोस्टका रक्षा मन्त्रालयका अधिकारी भिन्सेन्ट टोवीले स्थानीय टेलिभिजनलाई बताउनुभएको छ ।
दुई पक्षबीचको भिडन्तपछि उक्त क्षेत्रमा करिव ९०० सुरक्षाकर्मी परिचालित गरिएको छ ।
आइभरीकोस्टमा गोठाला र कृषकबीच चौपाया चराउने तथा सिँचाइको अधिकारका विषयमा प्रायः यस्तो घटनाहुने गरेपनि यति धेरै सङ्ख्यामा स्थानीयको मृत्यु भने कमैमात्र हुने गर्छन् ।
किसानले आफ्नो जमिनमा गोठालाले चौपाया हिंडाएर बालीको नास गरिदिएको र त्यसो नगर्न सम्झाउँदा झगडा भएको दावी गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ
साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार
म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो