
काठमाडौ, १९ असार । दार्चुलाको ग्वानीमा भएको यात्रुबाहक बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुला जादै गरेको ना ४ ख ६६०८ नम्बरको बस आज बिहान ५ बजे ग्वानी गाविसको बगौरामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बस दुर्घटनामा मृत्यू भएका मध्ये सर्मोला गाविस घर भएका एमाले जिल्ला सदस्य लक्ष्मी दत्त जोसी र ग्वानीका धवलसिह धामीको सनाखत भएको छ । दुर्घटनामा अन्य ३० जना घाईते भएका छन् । जसमध्ये १५ जनाको अवस्था गंभिर रहेको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई अन्यत्रै लैजाने तयारी भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र
नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको
बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल
चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना