हार्दिक पाण्ड्याको उत्कृष्ट बलिङले बंगलादेश बिरुद्ध भारतको रोमाञ्चक जित

१२ चैत्र २०७२, शुक्रबार ००:२२ मा प्रकाशित

बैंग्लोर, ११ चैत, (एएफपी) । हार्दिक पाण्ड्याले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि विश्व ट्वान्टी–२० क्रिकेटमा बुधबार भारतले बंगलादेशमाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

जितका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको बंगलादेशले अन्तिम बलसम्म संघर्ष गरे पनि सफल हुन सकेन । बंगलादेशले ९ विकेट क्षतिमा १ सय ४५ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । बंगलादेशी बलर अल अमिन हुसैनले दुई विकेट लिए । अर्का बलर शुभगाता होमले महत्त्वपूर्ण विकेटका रूपमा विराट कोहलीलाई २४ रनमा आउट गरे ।

भारतीय प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले २३ तथा रोहित शर्माले १८ रन बनाए । दुवैले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । ६ बलको फरकमा दुवै खेलाडी आउट भए ।

कोहली र सुरेश रैनाले ५० रनको साझेदारी गरे । रैनालाई हुसैनको बलमा सब्बिर रहमानले ३० रनको स्थितिमा समाते । कप्तान महेन्द्र सिंह धोनीले नटआउट १३ रन बनाए । उनले १२ बलको सामना गरे ।

इंग्ल्यान्ड विजयी
इंग्ल्यान्डले बुधबार अफगानिस्तानलाई १५ रनले हराउन संघर्ष गर्नुपर्‍यो । सुरुमा ब्याटिङ पतनको सिकार भएको इंग्ल्यान्डले पछि सम्हालिएर खेलेको थियो । जितका लागि १ सय ४३ रन पछ्याएको अफगानिस्तान ९ विकेट क्षतिमा १ सय २७ रनमै सीमित भयो । यो जितले इंग्ल्यान्डको सेमिफाइनल प्रवेशको सम्भावना कायम रह्यो ।

अफगानिस्तानको ब्याटिङ पनि सुरुमा ठोस हुन सकेन र टिमले नियमित अन्तरमा विकेट गुमाएको थियो । एक समय पाँच विकेट गुमाउँदा ३९ रनमात्र बनाएको अफगानिस्तानका लागि सफिक उल्लाह सर्वाधिक ३५ रन बनाएर नटआउट रहे । उनले चार चौका र दुई छक्का प्रहार गरे ।

यसअघि मोइन अलीले इनिङ्सको अन्त्यतिर स्थिति सम्हालेपछि इंग्ल्यान्डले सात विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । अफगान स्पिनरले घातक बलिङ गरेपछि इंग्ल्यान्ड दबाबबाट गुज्रिन बाध्य रहेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका अलीले आठौं विकेटका लागि डेविड विलीसँग ५७ रनको नटआउट साझेदारी गरे ।

अलीले ४१ रन योगदान गरे । विलीको ब्याटबाट २० रन निस्केको थियो । त्यसकै मदतले इंग्ल्यान्ड सम्मानजनक स्कोरसम्म पुगेको थियो । दिल्लीको गर्मी मौसममा अफगानिस्तानका स्लो–बलरले इंग्ल्यान्डलाई एक समय सात विकेट गुमाएर ८५ रनको स्थितिमा पुर्‍याएका थिए ।

दक्षिण अफ्रिकाविरुद्ध अघिल्लो खेलमा राम्रो खेलका इङलिस ब्याट्सम्यानले त्यस्तै प्रदर्शन भने गैरटेस्ट मान्यताप्राप्त अफगानिस्तानविरुद्ध भने दोहोर्‍याउन सकेनन् । अर्कोतर्फ सुपर टेनमा रहेको एक मात्र गैरटेस्ट टिम अफगानिस्तान अर्को अप्रत्याशित नतिजा निकाल्नबाट वञ्चित रह्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग आईपीएलमा रोमाञ्चक जीत हात पार्दै विजयी सुरुवात गरेको छ । आईपीएलको चौधौं संस्करणको

चेन्नइ । कोलकाता नाइट राइडर्सले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन