इकोटिरियल गुयानामा एनआरएनएको ७३ औ शाखा गठन

१२ चैत्र २०७२, शुक्रबार ००:१४ मा प्रकाशित

काठमाडौँ । मध्य अफ्रिकी मुलुक इकोटिरियल गुयानामा एनआरएनए को ७३ औ शाखा गठन भएको छ। एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीका अनुसार भर्खरै गठन गरिएको गैर आवाशीय नेपाली संघ इकोटिरियल गुयाना राष्ट्रिय समन्वय समितिमा सन्त बहादुर बिष्ट अधक्ष्य रहेका छन्। समितिमा इन्द्रसिंह लामा र कमल गौतम उपादक्ष्य, कृष्णचन्द्र सेढाई महासचिब र राजकुमार केसी कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा प्रशान्त शर्मा, लबकुमार थपलिया, उमेश दाहाल, सुमन बिके, सुनिल बिके र दुतराज लामा चयन भएका छन्।

एनआरएनए अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाका अनुसार इकोटिरियल गुयाना अफ्रिकाको मध्य पश्चिममा पर्ने अफ्रिकाकै प्रमुख तेल निर्यातक राष्ट्र मध्य एक राष्ट्र हो। यहाँ करिब दुइ दर्जन नेपालीहरु विभिन्न ब्यबाशायमा सलग्न छन्। इकोटिरियल गुयाना अब एनआरएनए को ७३ औं शाखा र अफ्रिकाको १५ औं एनआरएनए शाखा हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने मिति ३० अप्रिलसम्म बढाइएको छ

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर

पोर्चुगल । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य