यमनमा युद्धविराम, वार्ताको तयारीप्रति राष्ट्रसङ्घको स्वागत

११ चैत्र २०७२, बिहीबार २२:१७ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घ, ११ चैत, (एपी) । यमनमा सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने भएको छ । यसका लागि बुधबारदेखि युद्धविराम गरिएको छ ।

बुधबार नै त्यहाँका विद्रोही पक्षले देशव्यापी रुपमा युद्धविरामको घोषणा गरेका छन् । सो घोषणाको संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ ।

संयुक्त राष्ट्रसङ्घले यस युद्धविरामको स्वागतगर्दै आगामी दिनमा हुने शान्तिवार्ताको सफलताको पनि कामना गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले आगामी दिनमा हुन लागेको शान्तिवार्ताका लागि आवश्यक परेमा जस्तोसुकै सहयोगका लागि पनि तयार रहेको जानकारी दिएको छ ।

उक्त परिषदले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा यमन सरकार र विद्रोहीहरुले पनि यस युद्धविरामको सदुपयोग गरी वार्ताका लागि तयार रहन र इमान्दार रुपले लाग्न आग्रह गरेको छ ।

यमनमा गएका केही वर्षदेखि पुनः हिंसा मच्चिएको छ । हिंसामा परी कैयौँको ज्यान गएको छ । यस अवस्थामा बुधबार सबै पक्षले शान्तिवार्ताको पहल सुरु गर्ने विषयमा सहमति जनाएका छन् ।

आगामी मार्च महिनादेखि यस्तो वार्ता अघि बढाउने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो