नन्दन दत्तको फोरम गणतान्त्रिकको समूह राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलमा

१९ असार २०६९, मंगलवार ०९:३३ मा प्रकाशित

काठमाडौ, १९ असार । नन्दन कुमार दत्त समूह फोरम गणतान्त्रिकका असन्तुष्ट नेताहरुले आज राष्ट्रपति डाक्टर रामबरण यादव र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेट गर्दैछन् । प्रधानमन्त्री भट्टराईसँग आज भेट गरेर पार्टीको निर्णयको विषयमा जानकारी गराउँदै सन्चारमन्त्रीलाई पमदबाट निकाल्न आग्रह गरेको थियो । सो समूहले आजै दिउँसो राष्ट्रपति यादवसँग हुने भेटमा पार्टीको नेतृत्वबाट सञ्चारमन्त्री राजकिसोर यादवलाई हटाइएको बारे जानकारी गराउने नेताहरुले बताएका छन् । प्रधानमन्त्री भट्टराईलाई मन्त्रीबाट हटाउन हिजो नै पत्र पठाइसकेका छन् । त्यस्तै छलफलमा राष्ट्रिय राजनीतिक समस्या र निकासका विषयमा पनि छलफल हुने बरिष्ठ नेता राजलाल यादवले जानकारी दिनुभयो । यादवले आज बिहान १० बजेपछि पार्टी एकताका विषयमा पनि छलफल हुने बताउनुभयो । बैठक कार्यवाहक अध्यक्ष तथा सञ्चारमन्त्री यादवलाई हटाएर कार्यवाह अध्यक्षको जिम्मेवारी दिइएका नन्दनकुमार दत्तको घरमा बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता