मधेसी मोर्चासहितको तीन दलको बैठक एमालेद्धारा बहिस्कार

१९ असार २०६९, मंगलवार ०९:२८ मा प्रकाशित


काठमाडौ, १९ असार । प्रधानमन्त्रीले बोलाएको मधेसी मोर्चा सहितको तीन दलको शिर्ष बैठक नेकपा एमालेले बहिस्कार गरेको छ । राष्ट्रिय सहमतिको सरकार गठन र राजनीतिक निकासको बाटो पहिल्याउन भन्दै सरकारले आज प्रमुख दलहरुको बैठक बोलाएको हो । बैठकमा सरकारले ल्याउन लागेको बजेट, सयुक्त सरकार र संविधानसभाका विवादित विषयको टुङगो लगाउने विषयमा छलफल हुनेछ । बैठक बिहान माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बोलाइए पनि एमालेले सहभागिता नजनाउने बताएपछि बेलुका सारिएको छ । संविधानसभा विघठनपछि एकपटक छलफल भए पनि आरोप प्रत्यारोपमा लागेका दलहरु आज सयुक्त छलफलमा जुट्न लागेका हुन । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस,नेकपा एमाले र मधेसी मोर्चाको सयुक्त बैठक बोलाइए पनि एमालेले भने सहभागिता नजनाउने भएको छ । सरकारले बजेटमा सहमति जुटाउन छलफल बोलाएको भन्दै एमालेले छलफलमा नजाने बताएको छ । सदभावना पार्टीका अध्यक्ष तथा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले माओवादी र मोर्चाबीच हिजो भएको सहमति अनुसार आज सबै विषयमा छलफल हुने बताउनुभयो । संविधानका विवादित विषयमा सबै विकल्प खुला राखिएको र बजेट र अरु विषयलाई प्याकेजमा समाधान गर्ने प्रस्ताव सरकार तर्फबाट राखिने पनि महतोले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा