बेल्जियममा तीन दिन शोकको घोषणा, मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो

१० चैत्र २०७२, बुधबार २३:१५ मा प्रकाशित

ब्रसेल्स, १० चैत, (एएफपी) । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

त्यस आक्रमणमा सम्लग्नको खोजी जारी छ भने प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ ।

उक्त आक्रमणमा मारिने व्यक्तिको सङ्खया ३५ पुगेको जानकारी राष्ट्रिय प्रहरीले बुधबार बिहान जानकारी दिएका छन् ।

इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी ३५ व्यक्तिको मृत्यु भएपछि त्यहाँ बुधबारदेखि तीन दिनसम्म शोकको घोषणा गरिएको छ ।

विमानस्थलमा विस्फोट भएको एक घण्टापछि स्थानीय समयाअनुसार करिब ९ बजे पुनः मेट्रो स्टेसनमा विस्फोटन भएको जनाइएको छ । यस विस्फोटमा परी सयौँ व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

बेल्जियममा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउनुका साथै राष्ट्रिय शोकको घोषणा गरेको छ । आज स्थानीय समयाअनुसार बिहानको ११ बजे शोक सभाको गरी एक आयोजना गरी मिनेट मौनधारणा गरिने जनाइको छ ।

घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने विभिन्न अस्पतालहरुले जानकारी दिएका छन् ।

बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले यस दिनलाई कालो दिनको संज्ञा दिनु भएको छ । यस्तो भीषण आक्रमण बेल्जियमले यस अघि कहिल्यै नदेखेको पनि उहाँले टिप्पणी गनु भएको छ ।

साथै देशबासीका नाममा सम्बोधन गर्दै उहाँले यस आक्रमणका दोषीलाई कदापि नछोड्ने र उनीहरुलाई जसरी पनि कानुनी कारबाहीको दायरामा ल्याइछोड्ने आश्वासन दिलाउनुभएको छ ।

आक्रमणकारीको खोजीलाई प्रहरीले राजधानी ब्रसेल्ससहित विभिन्न सहरसम्म नै पुर्याएको छ । हेलिकोप्टरबाट पनि प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

गएराति पनि रातभरि प्रहरीले हेलिकोप्टरबाट आक्रमणकारीलाई खोजी गरिरहेको जनाएको थियो । यस क्रममा कैयांँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

तर घटनामा सम्लग्न प्रमुख योजनाकारलाई भने प्रहरीले नियन्त्रणमा लिन सकिरहेको छैन । आक्रमणकारीको खोजीमा भएका प्रगतिको जानकारी प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी गाराउने जनाएको छ ।

उक्त आक्रमणको जिम्मेवारी आइएसले लिइसकेको छ । आइएसले हालैमात्र आफ्ना एकजना सहयोगीलाई ब्रसेल्सबाटै नियन्त्रणमा लिइएकोले त्यसको बदलामा यो आक्रमण गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका

भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।